प्रतिवादी रवि सिंहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।११।०४ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट
• महादेव खिम्ती निर्माण सेवा प्रा.लि.का प्रवन्ध निर्देशक प्रतिवादी रवि सिंहलाई बिगो रु.६८,९३,७७८।५ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी उक्त बिगोसमेत जफत हुन,
• पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्चो्कका तत्कालीन सव-ईन्जिनियर प्रतिवादी गजेन्द्र प्रसाद राउतलाई बिगो रु.६८,९३,७७८।५ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन र उक्त बिगो सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुलउपर हुन,
• पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्चोकका तत्कालीन ईन्जिनियर प्रतिवादी दिपक कुमार खड्कालाई बिगो रु.६८,९३,७७८।५ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) र दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन र उक्त बिगो सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुलउपर हुन,
• पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्चोकका तत्कालीन योजना प्रमुख प्रतिवादी बिजय चापागाईलाई बिगो रु.६८,९३,७७८।५ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (१) बमोजिम उक्त बिगोसमेत असुल उपर हुन,
• पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्चोकका तत्कालीन लेखा अधिकृत प्रतिवादी दुर्ण प्रदास फुयाललाई बिगो रु.२१,४९,८१८।- (एकाइस लाख उनन्चास हजार आठ सय अठार रुपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही ऐनको सोही दफाको प्रावधान बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोहि दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी उक्त बिगो सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।११।१६ को फैसलाबाट सफाई दिएको-:
क. पुष्पलाल (मध्यपहाडी) लोकमार्ग खोटाङ जिल्ला अन्तर्गत चेनेज निर्माण गर्न विधिपूर्वक भेरिएसन आदेश स्वीकृत भएको हो, सोही स्वीकृत भेरिएसन आदेश बमोजिम नै कार्य सम्पन्न भएको हो भनी प्रतिवादीहरु कसूरमा इन्कार रही वयान गरेको।
ख. केही स्थानमा पहिरो गएको र हिलोले पुरिएको कारण जापजाँच नभएको भन्ने आयोगबाट भएको मुचुल्का एवं प्रतिवेदनबाट देखिएको।
ग. Earthwork excavation कार्यमा दोहोरो भुक्तानी भएको भन्ने पनि ठोस र बस्तुनिष्ठ प्रमाणबाट नदेखिएको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।११।०४ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) खोटाङ जिल्ला स्थित चेनेज ४२+००० देखि ८८+५०० खण्डको सडकमा काम ढिलो हुँदै जाँदा थप अरु ठेक्काद्वारा काम भई राखेकोले कार्य गर्ने चेनेज घट्न गई ग्राभेलको परिमाण निगेटिभ भएको र बाँकी रहेको चेनेजमा सडक चौडाई गरेर ग्राभेल गर्नुपर्ने भएकोले कटिङ्गको परिमाण बढ्न गई आईटमहरु थपघट हुने भएकोले भेरिएसन तयार गर्दा कुल ईटिमेट अंक रु.४,९८,२३,९६३।२० जम्मा -१४.६९ प्रतिशत घटी भै संशोधित इस्टिमेट रु.४,२,५०३,४२९।५६ हुन गएको र ठेक्कामा सम्झौता रकम रु.२,३०,६६,६९०।०० जम्मा -१४.८० प्रतिशतले घटी हुन गई संशोधित ठेक्का सम्झौता रकम रु.१,९६,५२,९९२।७७ (मु.अ. करसहित) हुन आएकोले Variation Order No.१ स्वीकृतिको लागि योजना कार्यालय धुलिखेलका ईन्जिनियर दिपक कुमार खडकाले Revised Estimate सहित पेश गरेको टिप्पणी महानिर्देशकबाट स्वीकृत भएको देखिएको।साथै, Revised Estimate र अन्तिम बिलको नापीको Quantity उस्ता-उस्तै भएको देखिएकोले Variation order Approve भएपछिमात्र काम गर्नुपर्ने, estimate गर्दा छुटेको गर्नुपर्ने काम मात्र Variation order बाट गर्न सकिनेमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५४ विपरित Variation Order स्वीकृत हुनुभन्दा पहिला नै उक्त ठेक्कामा काम गराई नापी किताब तयार भएको देखिएको हुँदा प्रतिवादीहरुको इन्कारी वयान खण्डित भएको अवस्थामा प्रतिवादीहरुलाई सफाई दिई भएको फैसला त्रुटीपूर्ण रहेको।
ख) स्थलगत प्रतिवेदनबाट योजनाको चेनेज ४०+७०० देखि ४७+८५५ भित्रको ७,१५५ मिटरमा ग्राभेलको काम महादेव खिम्ती निर्माण सेवाले गरेको हो भनी नापी किताब तयार पारेको।महादेव खिम्ती निर्माणसेवा प्रा.लि.ले चेनेज ४०+७०० देखिनै काम गरेको भन्ने बुझिएको, भोजपुरबाट खोटांगतर्फ आउँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत सुरु चेनेज ४०+७०० देखि ४२+०० सम्म करिब १३०० मिटर सडक खण्डमा हालको अर्को ठेक्काबाट काम भईसकेकोले महादेव खिम्ती निर्माण सेवाले गरेको ग्राभेलको काम Overlap भएकोले १,३०० मिटर सडक नापजाँच गर्न नसकिएको, उक्त सडकको ग्राभेलको नापजाँच गर्दा नापी किताब बमोजिम नपाईएको र ५३२० मिटर लम्बाई ग्राभेल कार्यको नाप पेश गरेको भन्ने ब्यहोरा प्रतिवेदनबाट देखिएको। “Sub base को लागि प्रयोगमा ल्याएको Material River bed material/Crusher run material नभै Quarry side को Material प्रयोग भएको। कतिपय ठाउँमा बर्षातको पानीले Sub Base बगाएको।ठाउँ ठाउँमा पहिरो गएको ठाँउ र अर्को निर्माण व्यवसायीले गरेको नाली निर्माणको टेवा पर्खाल लगायत Structure निर्माण गर्दा Material थुपारिएको ठाउँमा नापजाँच गर्न सकिएन भन्ने मुचुल्काबाट देखिएकोमा केवल पहिरो गएको र हिलोले पुरिएको कारण जापजाँच नभएको भन्ने प्रतिवेदनमा उल्लेख भएको भन्ने आधार ग्रहण गरी प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटीपूर्ण हुँदा बदरभागी रहेको।
ग) उक्त योजनामा कतिपय Chanage मा भरत/मैनाचुली/शिद्धिशाही Construction company ले नालीको काम गर्दा महादेव खिम्ति Construction Company ले गरेको निमार्ण कार्य (सव बेस ओछ्याने कार्य) छोपिएको देखियो भन्ने समेत ब्यहोरा स्थलगत मुचुल्काबाट देखिएको।उक्त मुचुल्का आयोजनाका प्रतिनिधिले समेत प्रमाणित गरेको।त्यसैगरी ठेक्का कार्य नसकिदै १३०० मिटर सडक खण्डमा अर्को ठेक्काबाट काम गराएको भन्ने जानकारी हुँदा १३०० मिटर सडक खण्डमा पहिलो ठेक्काको कार्य नसकिदै अर्को ठेक्काबाट कार्य गराई दोहोरो भुक्तानी समेत भएको हुनसक्ने देखिन्छ भन्ने समेत व्यहोराको प्रतिवेदन पेश भएको।उक्त प्रतिवेदनलाई निज प्रतिवेदकहरुले अदालतको बकपत्र समेतबाट पुष्टि गरेको हुँदा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम उक्त बकपत्र प्रमाणमा ग्रहण गर्नु पर्नेमा सो बकपत्रको कुनै मूल्यांकन नगरी भएको प्रस्तुत फैसला बदरभागी रहेको।
घ) उक्त ठेक्कामा भएको ग्राभेल कार्यको जम्मा लम्बाई ६६२० मिटरमा र चौडाई तथा मोटाई सुरुको Estimate अनुसार क्रमश ५.५मि. र १५ से.मि. मानी ग्राभेलको कामको मूल्याङ्कन रु.४६,४२,२७५।- भएको देखिएकोमा सो कार्यको लागि रु.९३,८६,२३५।५ भुक्तानी भई रु.४७,४३,९६०।५ रकम बढि भुक्तानी भएको देखिएको। साथै, उक्त ठेक्काको ईष्टिमेट अनुसार Earthwork Excavation कार्यको भुक्तानी भइसकेपछि योजनाको Detail Project Report स्वीकृत भसको देखिएको।पछिल्लो ठेक्काबाट Earthwork Excavation को लागि रु.४८,८२,८९२।- भुक्तानी भइसकेपछि फेरि सोही चेनेजभित्र पहिलाको ठेकेदारलाई Earthwork Excavation को लागि रु.२१,४९,८१८।- को भुक्तानी दिएको।चेनेजमा एउटै प्रकृतिका आइटमहरुको Detail Project Report स्वीकृत भइ सकेपछि तयार भएको ईष्टिमेट अनुसार एउटा ठेक्काबाट भुक्तानी समेत भईसकेपछि सोही आइटमको लागि सोही चेनेजमा नापजाँच गरी अर्को ठेक्काबाट फेरि भुक्तानी दिएको प्रष्टरुपमा देखिएको विषयलाई अनदेखा गरी Earthwork excavation कार्यमा दोहोरो भुक्तानी भएको भन्ने पनि ठोस र बस्तुनिष्ठ प्रमाणबाट नदेखिएको भन्ने आधार लिई प्रतिवादीहरुलाई सफाई दिने गरी भएको प्रस्तुत फैसला त्रुटीपूर्ण रहेको।
ङ) प्रतिवादीहरुले एकआपसमा मिलेमतो गरी ठेक्का बमोजिम समय अवधि भित्र कार्य सम्पन्न गर्नुपर्नेमा नगरेको र निर्माण व्यवसायीलाई कारवाहीको लागि प्रक्रिया अगाडी बढाउनु पर्नेमा सो समेत नगरेको, Estimate विपरित विना कुनै निर्णय फिल्डमा काम गरी/गराई फिल्डमा भएको परिमाणभन्दा बढी कामको नापी किताब तयार पारी एउटै प्रकृतिको काम Overlap गरी बिल तयार गरी भुक्तानी लिने/दिने कार्य गरी नेपाल सरकारको रकम हिनामिना तथा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा प्रतिवादीहरुलाई सफाई दिने गरी भएको प्रस्तुत फैसला त्रुटीपूर्ण भएकोले बदर गरी सजाय हुन मागदाबी रहेको।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र