प्रतिवादी प्रकाश प्रसाद पोखरेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।११।०२ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट 
• प्रतिवादीहरु मदन प्रसाद गुप्ता र नागेन्द्र प्रसाद चौधरी उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सो दफा ७ को खण्ड (ग) बमोजिम ऐ.ऐ. दफा ३ को कसूरमा निजहरुलाई बिगो रु.९५,०८,०३४।– कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम कैद सजाय र सोही ऐनको दफा ७ बमोजिम राजश्व हिनामिना भएको रकम रु.९५,०८,०३४।– को दोव्वर जरिवाना हुन, 
• प्रतिवादीहरु प्रकाश प्रसाद पोखरेल र गम बहादुर विश्वकर्मा उपर  भ्रष्टाचार निवारण ऐन २०५९ को दफा दफा ७ र सो दफा ७ को खण्ड (ग) बमोजिम दफा ३ को कसूरमा सजाय हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१०।०८ को फैसलाबाट आंशिक सफाई दिएको-: 
(क) प्रतिवादीहरु प्रकाश प्रसाद पोखरेल र गम बहादुर विश्वकर्माले कसूरमा ईन्कार रही वयान गरेको देखिएको।
(ख) प्रतिवादीहरु कार्यालय प्रमूखको रुपमा कार्यरत रही मातहतका अधिकृत र स्वयं फाँटवालालाई अधिकार प्रत्यायोजन गरी कार्य गरेको देखिएको र निजहरुले राजश्व रकम उठाएको वा दाखिला नगरेको वा आफैंले खाए मासेको अवस्था मिसिलबाट नदेखिएको। 
(ग) कसूरदार ठहर भएका प्रतिवादीहरुले उल्लिखित कार्य यी प्रतिवादीहरुले समेत गरेको भनी पोल गरेको अवस्था नदेखिएकोले प्रतिवादीहरु प्रकाश प्रसाद पोखरेल र गम बहादुर विश्वकर्माले सफाई पाउने।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।११।०२ मा पुनरावेदन गरिएको छः-
देहाय:
(क) प्रतिवादी प्रकाश प्रसाद पोखरेल मिति २०७२।०४।०१ देखि २०७३।१।१२ सम्म र प्रतिवादी गम बहादुर विश्वकर्मा मिति २०७३।०१।२२ देखि २०७३।३।३१ सम्म मालपोत कार्यालय, पर्साको प्रमुखको रुपमा कार्यरत रहेको। राजश्व दाखिला भए नभएको विषयमा कार्यालय प्रमुखले नियमित रुपमा हेरी दाखिला नभएको भए तुरुन्त दाखिला गर्न लगाउनुपर्छ भन्ने स्पष्ट कानूनी व्यवस्था भएकोमा कार्यालय प्रमुख रहेका प्रतिवादीहरुले उक्त मालपोत कार्यालयको आ.व. २०७२।७३ मा संकलन भएको राजश्व रकम मध्ये रु.९३,६६,२०९।– राजश्व खातामा दाखिला नगरी ब्यक्तिगत रुपमा अपचलन गरेको देखिँदा देखिँदै सोको अनुगमन नगरी सहप्रतिवादीहरु मदन प्रसाद गुप्ता र नागेन्द्र प्रसाद चौधरीलाई राजश्व हिनामिना गर्नमा प्रोत्साहन गरी राजश्व रकम दुरुस्त रुपमा दाखिला नगराई प्रतिवादीहरु प्रकाश प्रसाद पोखरेल र गम बहादुर विश्वकर्माले कसूर गरेको निर्विवाद रुपमा पुष्टि भएको। 
(ख) राजश्‍व दाखिला भए नभएको विषयमा कार्यालय प्रमुखले नियमित रुपमा हेरी दाखिला नभएको भए तुरुन्त दाखिला गर्न लगाउनुपर्छ भनी जग्गा प्रशासन निर्देशिका, २०५८ मा स्पष्‍ट व्यवस्था भएकोले यसमा सम्बन्धित फाँटवाला लेखा शाखा प्रमुख र कार्यालय प्रमुख नै मुख्य जिम्मेवार हुने भनी मालपोत कार्यालय पर्सामा कार्यरत कर्मचारीहरुले अनुसन्धानको क्रममा तथा अदालतमा उपस्थित भई सोही बेहोराको वकपत्र गरेकोले प्रमाण ऐन, २०३१ को दफा १८ मा “कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको अनुसन्धान वा जाँचबुझको सिलसिलामा प्रचलित कानून बमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो ब्यक्त गर्ने ब्यक्ति साक्षीको रुपमा अदालतमा उपस्थित भई वयान गरेमा प्रमाणमा लिन हुन्छ।” भन्ने कानूनी ब्यवस्था अनुसार बकपत्रलाई प्रमाणमा ग्रहण गरी प्रतिवादीहरु प्रकाश प्रसाद पोखरेल र गम बहादुर विश्वकर्मा समेतलाई कसूर ठहर भएका अन्य प्रतिवादीहरु सरह समान रुपमा कसूरदार देखिएकोमा सफाई दिने ठहर गरी भएको फैसला मिसिल संलग्न प्रमाण तथा उक्त जग्गा प्रशासन निर्देशिकामा भएको कानूनी व्यवस्थाको ब्याख्याको रोहमा त्रुटीपूर्ण हुँदा बदरभागी रहेको।
 
प्रवक्ता
नरहरि घिमिरे

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी गोबिन्द बहादुर खड्कासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी कृष्णदत्त भट्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी अजय प्रकाशसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी चन्द्रदेब मेहतासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी देवराज चौलागाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03
प्रतिवादी रविन्द्र प्रसाद बराल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03