प्रतिवादी अरुण शाहसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।११।०२ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट 
• प्रतिवादी साविक गा.वि.स. राजपुरका तत्कालीन सचिव केशव घिमिरेले रु.२४,९२,५१०/५० हानी नोक्सानी गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा निजलाई बिगो रु.२४,९२,५१०/५० कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा(१) को खण्ड (च) बमोजिम सजाय हुन तथा निजले बिभिन्न सामाग्री खरीद समेत गर्ने कार्यमा रु.२,६७,०२६/- झूठा बिल पेश गरी भुक्तानी लिने/दिने गरेको कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिम कसुर गरेको पुष्टी हुन आएकोले बिगो रु.२,६७,०२६/- कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन,
• प्रतिवादी गा.वि.स. राजपुरको तत्कालीन खाता संचालक अरुण शाहले चेकमा हस्ताक्षर गरेको रकम मध्ये दलित दलान र विद्युत पोल खरिदमा रु.६०,३२३/५० हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले निजलाई बिगो रु. ६०,३२३/५० कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को खण्ड (ग) बमोजिम सजाय हुन एवं क्यामेरा खरिद, स्टेशनरी, सरसफाई कार्यक्रमको खाजा टेण्ट खेलकुद सामाग्री खरीद समेत कार्यमा रु.२,६७,०२६/- झुठ्ठा बिल पेश गरी भुक्तानी लिने दिने कार्य गरेकोले सोही ऐनको दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रकम रु.२,६७,०२६/-कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन,
• गा.वि.स.को कार्यालय अर्नमा प्र.रा.का खाता संचालक शिवजी कामती (अधिकृत छैठौं, सि.अ.हे.व, कल्याणपुर नगरपालिका सिरहा) ले शीर्षक नखुलेको रकम, स्टेशनरी रकम, कार्यालय संचालन रकम, विकास निर्माण रकम गरी रु.२,८१,००२/- हानिनोक्सानी गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रकम रु. २,८१,००२/- कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन साथै प्रतिवादी केशव घिमिरे र प्रतिवादी शिवजी कामतीले हिनामिना गरेको रु.२२,६५,८७७/- दुवै प्रतिवादीबाट कल्याणपुर नगरपालिकालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम दिलाई भराई पाउन एवं साविक राजपुर गा.वि.स.को प्रतिवादी केशव घिमिरे र प्रतिवादी अरुण शाहले हिनामिना गरेको रु.४,९३,६५९/५० दुवै प्रतिवादीहरुबाट भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ र दफा ८(१) बमोजिम जिल्ला सिरहा, विष्णुपुर गाउँपालिकालाई दिलाई भराई पाउन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१०।२२ को फैसलाबाट आंशिक सफाई दिएको-: 
(क) प्रतिवादीहरु शिवाजी कामती र अरुण शाहले रकम हिनामिना गर्ने कार्यमा कुनै संलग्नता नरहेको, असल नियतले काम गरेको भन्ने समेत व्यहोरा उल्लेख गरी कसुरमा इन्कारी रही वयान गरेको देखिएको।
(ख) प्रतिवादीहरु शिवाजी कामती र अरुण शाहले कुनै अनुचित लाभ लिएको भन्ने मिसिल संलग्न प्रमाणबाट नदेखिएको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।११।०१ मा पुनरावेदन गरिएको छः-
देहाय:
(क) जिल्ला विकास समितिको कार्यालय सिरहामा कार्यरत सामाजिक विकास अधिकृत अरुण शाहले बयानमा मेरो रकम हिनामिनामा कुनै संलग्नता नरहेको र नियतवस रकम हिनामिना गर्ने गरी चेकमा सही गरेको होईन भनेता पनि रकम भुक्तानी गर्ने बेलामा गा.वि.स. सचिवसँगको चेकमा संयुक्त हस्ताक्षर निज प्रतिवादी अरुण शाहको भएको देखिनुका साथै संयुक्त रुपमा दस्तखत खाता संचालनमा रहेको भनी जिल्ला समन्वय समितिको कार्यालय सिरहाबाट प्राप्त पत्रबाट उल्लेखित चेकमा रहेको हस्ताक्षर आफ्नो भएको तथ्यलाई निज सामाजिक विकास अधिकृत अरुण शाहले समेत स्वीकार गरी अनुसन्धानको क्रममा तथा अदालत समक्ष वयान गरेको र त्यसलाई प्रमाण ऐन¸ २०३१ को दफा (९) अनुसार प्रमाणमा ग्रहण गर्न मिल्ने देखिएको।प्रतिवादी केशव घिमिरेले लिएको पेश्की बाहेकको अन्य हिनामिना भएको रकमको हकमा निज समेतको उत्तदायित्व रहेको भन्ने देखिरहेको अवस्थामा सो तथ्यतर्फ अन्देखा गरी प्रतिवादीको कुनै जिम्मेवारी नै नरहेको भन्ने अर्थ गरी सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
(ख) गा.वि.स.सचिव केशव घिमिरे र उक्त कार्यालयका सि.अ.ऐ.व.छैठौ एवं. खाता सचांलक शिवजी कामतीले कुनै श्रेस्ता नराखी चेक काटेको, स्टेशनरी, कार्यालय संचालन, संचालन खर्च, विकास खर्च र विकास निर्माण समेत गरी रु.२,८१,००२/- हिनामिना गरेको देखिएको। तत्कालीन गा.वि.स. राजापुरका सचिव केशव घिमिरेको कार्यकालमा रु.२२,६५,८७७/- रकम हिनामिना भएको भन्ने प्रष्ट रुपमा देखिरहेको साथै जिल्ला सिरहा उप-स्वास्थ चौकीमा कार्यरत सि.अ.हे.व.शिवजी कामतीले गरेको बयानमा केशव घिमिरे कार्यरत रहँदा गा.वि.स.को खाता संचालन म र गा.वि.स. सचिव केशव घिमिरेको संयुक्त हस्ताक्षरबाट भएको हो भनी अनुसन्धान तथा अदाल समक्ष वयान गरेको र उक्त वयानलाई प्रमाण ऐन २०३१ को दफा (९) अनुसार प्रमाणमा ग्रहण गर्न मिल्ने अवस्था नै देखिएको साथै केशव घिमिरेले लिएको पेश्की बाहेकको रकमको हकमा निज प्रतिवादी शिवजी कामतीसमेतको उत्तदायित्व रहने देखिरहेको अवस्थामा निज शिवजी कामतीलाई  सफाई पाउने ठहरी भएको फैसला त्रुटिपूर्ण रहेको। 
(ग) प्रतिवादी अरुण शाहले अनुसन्धानको क्रममा र अदालतमा समेत वयान गर्दा आफू जि.वि.स. सिरहामा कार्यरत रहँदा सिरहा राजपुर गा.वि.स. मा आ.व. २०६९ साल देखी २०७०/०७१ सम्म आर्थिक कारोवारको खाता संचालक रहेको तथ्यलाई स्वीकार गरी प्रतिवादी केशव घिमिरे र आफूले संयुक्त सही छाप गरी सामानहरुको रकम भुक्तानी गरेको तथ्यलाई उजागर गरेको। अर्का प्रतिवादी शिवजी कामतीले समेत आ.व. २०७२/०७३ देखि २०७३ साल चैत्र सम्म अर्नमा प्र. रा. को बैंक खाता प्रतिवादी केशव घिमिरे र आफूले संयुक्त रुपमा सहीछाप गरी संचालन गरेको र चेकमार्फत केशव घिमिरेले मिति २०७३/१/१० मा सामाजिक सुरक्षामा वापत रु. ६,२६,०००/- झिकेको तथ्यलाई स्वीकार गरी वयान गरेको। यसरी प्रतिवादी केशव घिमिरेसँग मिलेमतो गरी संयुक्त रुपमा खाता संचालन गर्ने समान स्तरका प्रतिवादीद्वयले लेखाको जानकारी हुँदा हुँदै नक्कली बिलको आधारमा रकम भुक्तानी दिने एवं औचित्य पुष्टि नहुँदा नहुदै पेश्की रकम भुक्तानीको लागि सहभागी भई चेकमा हस्ताक्षर गरी दिने कार्य गरेको तथ्य निज स्वंय कै वयानबाट प्रामणित भई रहेको एवं मिशिल संलग्न बुझिएका सर्जमिन मुचुल्काका मानिसहरुको बकपत्र लगायत भुक्तानी भएको लेखा श्रेस्ता कागजातबाट पुष्टि भई रहेको अवस्थामा उक्त प्रमाणहरु ग्रहण नगरी आत्मगत रुपमा रकम हानी नोक्सानी कार्यमा संलग्नता नरहेको जस्ता तर्क गरी प्रतिवादी अरुण साह र शिवजी कामतीलाई सफाई दिने गरी भएको फैसला त्रुटीपूर्ण हुँदा वदरभागी रहेको। 
 
प्रवक्ता
नरहरि घिमिरे

Notice of appeal Notice of appeal APPEAL CHARGE APPEAL CHARGE
  

Other Press Release

प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी गोबिन्द बहादुर खड्कासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी कृष्णदत्त भट्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी अजय प्रकाशसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी चन्द्रदेब मेहतासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी देवराज चौलागाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03
प्रतिवादी रविन्द्र प्रसाद बराल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03