प्रतिवादी इन्द्रलाल श्रेष्ठ रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।११।०१ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी प्रहरी जवान संजिव धवल उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम रिसवत बापतको रकम असुलउपर गरी जरिवाना हुन तथा दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद समेत हुन, प्रतिवादी अर्जुन प्रसाद शर्मा र इन्द्रलाल श्रेष्ठले रु.१,७५,०००/- रकम प्रहरी जवान संजिव धवललाई गैरकानूनी रुपमा रिसवत दिएको देखिएकोले निजहरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८१।०१।०६ को फैसलाबाट आंशिक सफाई दिएको-: 
क) प्रतिवादी इन्द्रलाल श्रेष्ठको खाताबाट अर्का प्रतिवादी संजिव धवलको बैंक खातामा ट्रान्सफर भएको रकम रु.५५,०००।–  रिसवत वापत नभई सापटी भएको, ब्यापारी ब्यक्ति प्रतिवादी अर्जुन प्रसाद शर्माले कपिल वाग्लेलाई दिने रकम यी प्रहरी जवान प्रतिवादी संजिव धवलको ब्यक्तिगत खातामा पठाउने भन्ने जिकिर अस्वाभाविक रहेको हुँदा प्रतिवादी अर्जुन प्रसाद शर्माले यिनै प्रतिवादी संजिव धवललाई रु.१,२०,०००।– नगद र प्रतिवादी इन्द्रलाल श्रेष्ठ मार्फत रु.५५,०००।– घुस दिए/लिएको पुष्टि भएको।
ख) प्रतिवादी इन्द्रलाल श्रेष्ठ गाडी चालक भएको, बरामद भएको मोवाईलहरु निजको भएको नदेखिएको, प्रतिवादी अर्जुनप्रसाद शर्माले पछि फिर्ता गर्ने शर्तमा रु.५५,०००।– संजिव धवलको खातामा पठाउन लगाएको तथा सि.सि.टि.भी फुटेजवाट समेत निज इलाका प्रहरी कार्यालय भित्र कार्यालय प्रमुखको कोठामा गएको नदेखिएकोले निज प्रतिवादी इन्द्रलाल श्रेष्ठको घुस/रिसवत लेनदेन भएको कार्यमा निजको संलग्नता नदेखिएकोले निजले आरोपित कसूरबाट सफाई पाउने।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।११।०१ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) प्रतिवादी इन्द्रलाल श्रेष्ठको नाममा रहेको प्राइम कमर्सियल बैंकको खाताबाट रु.५,०००/-, रु.२५,०००र रु.२५,०००/- गरी कुल रु.५५,०००/- प्रतिवादी संजिव धवलको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, भरतपुर शाखाको खातामा ट्रान्सफर गरेको मिसिल संलग्न कागजात तथा राष्ट्रिय वाणिज्य बैंकको च.नं. ४१३, मिति२०८०/०७/२४ को पत्रहरुसाथ प्राप्त बैंक स्टेटमेन्टहरु बाट पुष्टि भई रहेको अवस्थामा प्रतिवादी इन्द्रलाल श्रेष्ठ उक्त घुस/रिसवत लेनदेन कार्यमा प्रत्यक्ष्य संलग्नता रहेको देखिएको।
ख) प्रतिवादी इन्द्रलाल श्रेष्ठले उल्लिखित प्रकरणमा आफ्नो संलग्नता नरहेको, अर्जुन प्रसाद शर्माले भने बमोजिम नपुग रु.५५,०००/- सापटी स्वरुप मोबाइलबाट प्रहरी जवान संजिव धवलको बैंक खातामा ट्रान्सफर गरिदिएको, आफूले कुनै रिसवत नदिएको भन्‍ने इन्कारी वयान गरेता निज प्रतिवादी इन्द्रलाल श्रेष्ठ उक्त गाडीको चालकले आफ्नो गाडिमा मालसामान ढुवानीकर्ता प्रतिवादी अर्जुन प्रसाद शर्मालाई तत्कालै यति धेरै रकम रु.५५,०००।– सापटी दिनुपर्ने भन्ने औचित्य समेत पुष्टि हुदैन।तसर्थ प्रतिवादी इन्द्रलाल श्रेष्ठ गाडी चालक भएको, बरामद भएको मोवाईलहरु निजको भएको नदेखिएको, प्रतिवादी अर्जुनप्रसाद शर्माले पछि फिर्ता गर्ने शर्तमा रु.५५,०००।– संजिव धवलको खातामा पठाउन लगाएको भन्ने आधार ग्रहण गरी प्रतिवादी इन्द्रलाल श्रेष्ठलाई सफाई दिने गरी भएको फैसला प्रमाण मूल्यांकनको रोहमा त्रुटीपूर्ण रहेको हुँदा उक्त फैसला बदरभागी रहेको।
ग) यसै वारदातसंग सम्वन्धित इलाका प्रहरी कार्यालय, दुम्किबास, नवलपरासी (बर्दघाट-सुस्ता पुर्व) ले अवैध मोबाइलसहितको गाडि लिई आउने अर्जुन प्रसाद शर्मा र इन्द्रलाल श्रेष्ठ समेत दुई जनाबाट मोबाइल समेतको मूल्य रु.९९,७५,१००/- र उक्त मोबाइल समेत ढुवानीको लागि प्रयोग भएको प्र. ३-०१-०२३ च ५५४४ नम्बरको पिकअप गाडी मिति २०७८/०४/२२ मा श्री महेशपुर भन्सार कार्यालय, महेशपुरमा पेश हुन आएको, निजहरु विरुद्ध भन्सार ऐन, २०६४ बमोजिम अभियोग पेश भएकोमा निज प्रतिवादी इन्द्रलाल श्रेष्ठ समेत दोषी ठहर भई निजलाई सजाय समेत भएको महेशपुर भन्सार कार्यालयको मिति २०८१।१०।१७ गतेको फैसलाबाट देखिएकोले निज प्रतिवादी इन्द्रलाल श्रेष्ठको प्रस्तुत घुस/रिसवत दिने कार्यमा प्रत्यक्ष संलग्नता थप पुष्टि भएको देखिएको।
घ) निज प्रतिवादी इन्द्रलाल श्रेष्ठ अवैध मोबाइल गाडीमा राखी ‍ओसार प्रसारमा सहभागि भएको, नवलपरासीबाट चिवतन आउने क्रममा त्रिवेणीचोकमा प्रहरीको चेकजाँचको क्रममा निजले चलाएको प्र.नं.३-०१-०२३ च ५५४४ नम्बरको गाडी रोक्न लाग्दा नरोकी भागेको, तत्कालै डिउटीमा रहेको प्रहरीले मोटरसाइकल प्रयोग गरी पच्छ्याई अन्दाजि एक किलोमिटर पर एस मोड भन्‍ने स्थानमा पुगेपछि मात्र नियन्त्रणमा लिएको तथा रु.५५,०००/- निजकै बैंक खाताबाट प्रहरी जवान संजिव धवलको खातामा रकमान्तर गरी उक्त अवैध मोबाइल छुटाउन र आफू कानूनी कारवाहीबाट समेत बच्नको लागि रिसवत समेत दिएको देखिएको पुष्टि भई रहेको अवस्थामा केवल सि.सि.टि.भी फुटेजवाट निज इलाका प्रहरी कार्यालय भित्र कार्यालय प्रमुखको कोठामा गएको नदेखिएकोले निज प्रतिवादी इन्द्रलाल श्रेष्ठको घुस/रिसवत लेनदेन भएको कार्यमा निजको संलग्नता नदेखिएकोले भन्ने आधार ग्रहण गरी प्रतिवादीलाई सफाई दिने गरी भएको फैसला त्रुटीपूर्ण रही बदर रहेको।
 
प्रवक्ता
नरहरि घिमिरे

Notice of appeal Notice of appeal APPEAL CHARGE APPEAL CHARGE
  

Other Press Release

प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी गोबिन्द बहादुर खड्कासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी कृष्णदत्त भट्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी अजय प्रकाशसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी चन्द्रदेब मेहतासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी देवराज चौलागाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03
प्रतिवादी रविन्द्र प्रसाद बराल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03