प्रतिवादी खिम बहादुर वि.क. समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।१०।३० गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
प्रतिवादी खिम बहादुर वि.क.,नवीन थापा र सनोज उपाध्यायलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु. २,३९,२८४।१९- कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१ ) बमोजिम कैद सजाय तथा बिगो बमोजिम जरिवाना गरी हानी नोक्सानी भएको बिगोसमेत ऐ.ऐनको दफा ८ को उपदफा १ बमोजिम नै असुल उपर हुन,
उपभोक्ता समितिका अध्यक्ष अम्मर बहादुर गुरुङ, सचिव चेलीमाया थापा र कोषाध्यक्ष गगन बहादुर कार्कीलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा बिगो रु. २,३९,२८४।१९ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय तथा बिगो बमोजिम जरिवाना गरी हानी भएको बिगो ऐ.ऐनको दफा ८ को उपदफा ४ बमोजिम जफत हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१०।२५ को फैसलाबाट सफाई दिएको-:
१. प्रतिवादीहरुले मौका तथा अदालतमा इन्कार रही बयान गरेको।
२. प्रस्तुत मुद्दामा निज प्रतिवादीहरुले बदनियत राखी गरेको कार्य नभई सदनियतले नै गरेको भन्ने देखिन नआएको।
३. प्रतिवादीहरु उपरको आरोपदावी शंकारहित तवरमा पुष्टि हुन सक्ने अवस्था नदेखिएको ।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१०।२९ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) आ.व.२०७४/०७५ मा बाग्लुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ५ र ६ जोड्नका लागि रु.६,८०,०००/- को ह्यूम पाइप राखी योजना सम्पन्न गर्न सम्झौता भएको।उपभोक्ता समितिबाट गरिएको उक्त कार्यमा लागत अनुमान अनुसार को काम नगरी ह्युमपाईप बिछ्याउँदा खोलामा सम्याएर सोलिङ्ग गरिएको।नापी किताबमा ह्युमपाईपको Wedge मा Concrete ढलान राखिएकोमा फिल्डमा माथिल्लो केही भागमा मात्र उक्त ढलान देखिएको तर तल्लो भागमा Wedge नभएको र भएको भागको काम पनि गुणस्तरीय (M१५,१:२:४) नभएको, ग्यावियन जाली सहितको पर्खालमा नापी किताब र फिल्डमा भएका जालीको साईजहरु मिलेको नदेखिएको। नापी किताबमा भन्दा फिल्डमा स्थलगत रुपमा नापजाँच गर्दा कम काम देखिएको र कामसमेत गुणस्तरीय नभएको तथ्य स्थलगत प्राविधिक प्रतिवेदन एवं स्थलगत मुचुल्काबाट देखिएको। प्रतिवेदकहरुले अदालतमा गरेको बकपत्रबाट समेत प्रतिवेदनको व्यहोरा पुष्टि भएको देखिंदा मिसिल संलग्न तथ्य प्रमाणहरुले प्रतिवादीहरुले नापी अनुसार काम नगरी कम काम गरी बढी भुक्तानी दिए लिएको तथ्य स्थापित भई देखिंदा देखिंदै उक्त प्रमाणहरुलाई अनदेखा गरी प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटि पूर्ण रही बदरभागी रहेको।
ख) नापी किताबमा भए बमोजिमको वास्तविक कार्यसम्पादन गराई सो को चेक जाँच गरी मूल्याङ्कन प्रतिवेदन पेश गर्नु पर्नेमा निजहरुले पदिय जिम्मेवारी बमोजिम सुपरीवेक्षण नगरी र ह्यूम पाईप राख्दा लगत स्टिमेट बमोजिम काम भए नभए एकिन नगरी मिलेमतो गरी नगरेको कार्यको समेतको गलत नापी किताब तयार गरी भुक्तानीका लागि सिफारिस गर्ने कार्य गरी रु. २,३९,२८४।१९ हानि नोक्सानी गरी भष्टाचार गरेको मिसिल संलग्न तथ्य प्रमाण समेतबाट पुष्टि भैरहेको अवस्थामा उक्त प्रमाण ग्रहण नगरी प्रतिवादीहरुलाई सफाई दिई भएको फैसला प्रमाण मुल्याङ्कनको रोहमा त्रुटि पूर्ण हुँदा बदरभागी रहेको।
ग) उपभोक्ता समितिका अध्यक्ष अम्मर बहादुर गुरुङ, सचिव चेलीमाया थापा र कोषाध्यक्ष गगन बहादुर कार्कीले निर्माण आयोजनाको सम्झौता बमोजिम ह्यूम पाईप राख्दा गर्नुपर्ने PCC work, stone masonry wall लगायतका लगत इस्टिमेटमा तोकिएका कामहरु गर्नुपर्नेमा सो नगरी स्थलगत रुपमा नभएको नगरेको कार्यको समेत झुठा बिल भरपाई बनाई बनाउन लगाई भए गरेको कार्य भन्दा बढी नापी किताबमा चढाउन लगाई सोही बमोजिमको भुक्तानी लिने कार्य गरी रु. २,३९,२८४।१९- हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने स्थलगत प्राविधिक प्रतिवेदन एवं स्थलगत मुचुल्का तथा प्रतिवेदकहरुले अदालतमा बकपत्र गर्दा स्थलगत प्रतिवेदनमा भएको व्यहोरा र सोमा भएको सहीछाप हामीहरुको हो,नापी किताबमा १३ वटा जाली लगाएको भनी उल्लेख भएकोमा फिल्डमा अनुगमनका समयमा सो भन्दा फरक साइजका ६ वटा जाली मात्र लगाएको देखिएको भनी बकपत्र गरेकोले प्रतिवेदकहरुले अदालत समक्ष गरेको बकपत्र समेतबाट प्रतिवादीहरुको भ्रष्टाचारजन्य कसुर पुष्टि भएको देखिंदा उक्त प्रमाणलाई प्रमाण ऐन,२०३१ को दफा १८ बमोजिम उक्त बकपत्रलाई प्रमाणमा ग्रहण गरी अभियोग दाबी बमोजिम सजाय गर्नुपर्नेमा मिसिल संलग्न प्रमाणहरु मुल्याङ्कन नगरी भएको फैसला त्रुटिपूर्ण देखिंदा बदरभागी रहेको।
प्रवक्ता
नरहरि घिमिरे
Notice of appeal
Notice of appeal
APPEAL CHARGE
APPEAL CHARGE