अस्थायी वतन जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वडा नं. ११ बस्ने दिपेश यादव उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।१०।२८ गते।
------------------------------------------


वादी नेपाल सरकार प्रतिवादी वीरेन्द्र प्रसाद साह कानू भएको (मुद्दा नं. ०८१-CR-००३०) घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरिएका दिपेश यादवले अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा घुस/रिसवत लिई भ्रष्टाचार गरेको (विशेष अदालत मुद्दा नं.०८१-CR-००३०) मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरिएका अस्थायी वतन जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वडा नं. ११ बस्ने दिपेश यादवले विशेष अदालत, काठमाडौं समक्ष बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टी भएकोले प्रतिवादी वीरेन्द्र प्रसाद साह कानूलाई रकम भुक्तानी दिए वापत घुस/रिसवत रकम रु.७८,०००।-दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर भएको हुँदा निज दिपेश यादवलाई बिगो रु.७८,०००।- (अठहत्तर हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन एवं प्रतिवादीहरु दिपेश यादव र वीरेन्द्र प्रसाद साह कानू बीच लिने/दिने भएको घुस/रिसवत रकम रु.७८,०००।- सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।


प्रवक्ता
नरहरि घिमिरे

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति