प्रतिवादी सचिन कुमार भदैसवार रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०९।२९ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी सचिन कुमार भदैसवारले उजुरीकर्ता मिर्चैया १(२०८०) बाट रु.९,०००।- घुस/रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(क) मा उल्लेखित कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) (क) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१२।२५ को फैसलाबाट सफाई दिएको-: 
क) उजुरीकर्ताले जवर्जस्ती करणी मुद्दाको जाहेरी दर्ता गर्न चाहेको देखिन आएको भएतापनि निज प्रहरी सहायक निरीक्षक पदमा रहेको हुँदा जाहेरी दर्ता गर्ने वा नगर्ने निर्णायक पदमा रहेको भन्न नमिल्ने, परमादेशको पालन गर्नु ईलाका प्रहरी कार्यालय मिर्चैयाका लागि अनिवार्य कर्तव्य भएको हुँदा निवेदकले रिसवत दिनुपर्ने अवस्था पनि देखिन नआएको। 
ख) अनुसन्धान अधिकारी समक्षको बयान र यस अदालत समक्षको बकपत्रमा एकैनासको नभई प्रतिकूल व्यहोरा नै परेको देखिएको र प्रतिवादीलाई जसरी पनि फँसाउनु पर्छ भन्ने निवेदकमा भावना रहेको स्पष्ट हुन आउने।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०९।२९ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) प्रतिवादीले मौकाको बयानमा “आफू ईलाका प्रहरी कार्यालय मिर्चैया सिराहाको मुद्दा फाँटको कामसमेत गर्दै आएको, निवेदक मिर्चैया १(२०८०) ले जवरजस्ती करणी उद्योगको कसूरको जाहेरी दर्ता गराउने विषयमा पटक/पटक कुराकानी गरेको, निवेदन दर्ता गराउन सहजीकरण गरिदिने कुरा गरेको, सो विषयमा बेलाबेलामा निजले आफूलाई भेटेर र फोनबाट पनि कुराकानी गर्ने गरेको, निजलाई मैले पनि फोनबाट सो विषयमा कुराकानी गर्ने गरेको थिएँ, निजले मेरो परमादेश छिटो दर्ता गराइदिनुहोस् भन्दा म कार्यालयबाट कर्मचारी खटाई परमादेशको फाईल ल्याई दिने छु भनेको थिएँ, उजुरीकर्ता मिर्चैया १(२०८०) ले पैसा दिएको र मैले उक्त पैसा हतार हतार गोजीबाट निकाली भुईँमा फालेकोमा केही समयपछि अख्तियारको टोलीले मलाई नियन्त्रणमा लिई उक्त रकम बरामद गरेको थियो। मेरो साथबाट रकम बरामद गर्दाको भिडियोमा भएको फोटो म समेतको हो”। आफूले निवेदकलाई निवेदन दर्ता गरिदिने विषयमा कुराकानी गरेका कारण निजबाट सो रकम प्राप्त गरेको तथ्यमा साबित रही बयान गरेबाट आरोपित कसूर गरेको पुष्टि भएको। 
ख) मिसिल सामेल अडियो रेकर्डबाट उतार गरी तयार गरेको लिपी लेखन (स्क्रिप्ट) मा निवेदकले प्रतिवादीलाई “नौ हजार ल्याएँ…”, भनेको, प्रतिवादीले “म मुद्दा दर्ता गरी दिन्छु मेयर साब लाई पनि फोन गर्न लगाउनु” ...”तपाईँको काम हुदैन थियो मैले पुलिस पठएर काम गर्दिराछु, ल तपाई आउनु म मुद्दा दर्ता गरिदिन्छु ...” भनेको देखिएको।प्रतिवादीले परमादेश समेतका विषयमा पहिल्यै जानकारी पाईसकेको अवस्था निजको मौकाको र अदालतको बयानबाट पुष्टि भैरहेकोमा निजले जाहेरी/मुद्दा दायर गर्ने सम्बन्धमा पदीय दायित्व र अधिकारको सम्बन्धमा प्रष्ट जानकारी हुँदा हुँदै गलत तवरबाट प्रभावमा पारी घुस/रिसवत लिएको तथ्य पुष्टि भइरहेकोमा सफाई दिनेगरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको। 
ग) प्रतिवादी सचिन कुमार भदैसवारले अदालतमा बयान गर्दा निवेदकसँग आफ्नो कुनै रिसइबी नभएको भनी उल्लेख गरेको छ भने, लगाउको मुद्दामा निज निवेदकले समेत आफ्नो प्रतिवादी सचिन कुमार भदैसवारसँग कुनै रिसइबी नभएको भनी उल्लेख गरेबाट निवेदकले प्रतिवादी उपर रिसइबीका कारण फसाउने नियतले रकम दिएको भन्ने प्रतिवादीको जिकीर खण्डित भई फैसलाले लिएको “प्रतिवादीलाई जसरी पनि फँसाउनु पर्छ भन्ने निवेदकमा भावना रहेको स्पष्ट हुन आउने” भन्ने आधार समेत वस्तुनिष्ठ र प्रमाणिक रुपमा पुष्टि हुन नसकेको देखिएको।
घ) प्रतिवादीले आफूले मिसिल संलग्न कल डिटेल्स तथा अडियो स्क्रिप्ट राइटिङ्गको सार संक्षेप उतारलाई अदालतको बयानमा समेत अन्यथा भन्न नसकेको।अडियो स्क्रिप्ट राइटिङ्गमा निज र पीडितबीच भएको संवाद व्यहोराबाट प्रतिवादी र निवेदकबीच जाहेरी/मुद्दा दर्ताकै विषय तथा रकमको विषयसमेत उल्लेख भएबाट प्रतिवादीले उक्त जाहेरी/मुद्दा दर्ता तथा परमादेशका सम्बन्धमा आफूलाई थाहा नभएको भनी गरेको बयान व्यहोरालाई आधार लिई सफाई दिनेगरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको।
 
प्रवक्ता
नरहरि घिमिरे

Notice of appeal Notice of appeal APPEAL CHARGE APPEAL CHARGE
  

Other Press Release

प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी गोबिन्द बहादुर खड्कासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी इच्छाकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी कृष्णदत्त भट्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/07
प्रतिवादी अजय प्रकाशसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी चन्द्रदेब मेहतासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/04
प्रतिवादी देवराज चौलागाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03
प्रतिवादी रविन्द्र प्रसाद बराल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरीएको।
2025/04/03