जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाई घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८१।०६।१४ गते।
----------------------------------------------------
जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिकामा कार्यरत अमिन (करार) ईश्वर चन्द्र चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज अमिन ईश्वर चन्द्र चौलागाईलाई सेवाग्राहीबाट रु.२०,०००।-(बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.३४,०००।– (चौतीस हजार रुपैयाँ) सहित जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका वडा नं. ६ धर्मस्थलीबाट आज मिति २०८१।०६।१४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
Other Press Release
प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का घुस रकमसहित नियन्त्रणमा।
2025/03/27 |