प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०६।१० गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः-
प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो रु.३,६५,०९,४५६।३४ (तीन करोड पैसठ्ठी लाख नौ हजार चार सय छपन्न रुपैया र पैसा चौतीस) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम हानी नोक्सानी भएको बिगोसमेत असुल उपर हुन,
प्रतिवादीहरू रवि सिंह र मदन कुमार अधिकारीलाई रु.३,६५,०९,४५६।३४ (तीन करोड पैसठ्ठी लाख नौ हजार चार सय छपन्न रुपैया र पैसा चौतीस) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम उक्त विगो असुल उपर गरी जफत हुन,
प्रतिवादी सन्तोष प्रधान (शाही) लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरको मतियार हुने कसुरमा विगो रु. ३,६५,०९,४५६।३४ (तीन करोड पैसठ्ठी लाख नौ हजार चार सय छपन्न रुपैया र पैसा चौतीस) कायम गरी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा
विशेष अदालतको मिति २०८०/०९/२५ को फैसलाबाट निम्न आधारमा सफाई दिएको:-
• प्रतिवादीहरूले मौका देखि अदालत सम्म बयान गर्दा आरोपित कसूरमा ईन्कार गरेको र उक्त इन्कारीलाई बयान सम्बद्ध प्रमाणबाट समर्थित रहेको।
• आयोजना शुरू भएको ६ बर्ष पछि मात्र परीक्षण गर्दा फरक गुणस्तर आउने कार्यलाई अस्वभाविक मान्न मिलेन। 
• प्रतिवादीले बदनियतसाथ काम गरेका हुन भनी अभियोजन पक्षले बस्तुनिष्ठ प्रमाणबाट प्रमाणित गर्न नसकेको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०६।१० मा पुनरावेदन गरिएको छः-
देहाय:
क) इज्जिनियर पाण्डव देवले मौकामा बयान गर्दा निर्माण कार्यमा प्रयोग भएका ग्याबिनको परीक्षण गरेको भनी जिकिर लिन नसकेको र पुरानो जालीको न्युनतम मान पुरा नभएको कारण सम्पूर्ण जाली हटाई नयाँ जालीबाट निर्माण व्यवसायीबाट काम गराउने भनी बयान गरेबाट कम गुणस्तर काम गरेको स्वीकारेको, आयोजना प्रमुख राजकुमार श्रीवास्तवले समेत बयानमा आयोजनाको स्टड (Stud) को काम स्वीकृत डिजाईन,ड्रईङ बमोजिम नभएको कारण River को Flow अनुसार फरक परेको हो।आयोजनामा प्रयोग भएको ग्याविन कम गुणस्तरको प्रयोग गरेको भन्नेमा अन्यथा भन्न नसकेका। जे.भि.पार्टनर रबि सिंहले मौकामा बयान गर्दा GI wive को परीक्षण गरी तारको गुणस्तर सुनिश्चितता गर्ने दायित्व निर्माण कम्पनिको भएको र यसमा भएको त्रुटिहरु सुधार्ने प्रतिबद्धता जाहेर गरी बयान गरेबाट समेत निर्माण कार्य कम गुणस्तरको भएको भन्ने पुष्टि हुन आएको । जे.भि पार्टनर उक्त आयोजनाबाट प्राप्त हुने मुनाफाको साझेदार भएको र कम्पनिले गरेको कार्यको दायित्वबाट पन्छिन सक्ने अवस्था समेत नरहेको ।महादेव खिम्ती- मैनाचुली जे.भी.पुतलीसडक काठमाण्डौका प्रतिनिधि सन्तोष प्रधान शाहीले आफू उल्लेखित कम्पनिको प्रतिनिधीको रूपमा रहेको स्वीकार गरी बयान गरेको। कार्य जिम्मेवारी स्वीकार गरेको अवस्थामा अदालतमा उपस्थित भई कसूर गरेको ईन्कार गरेको आधारमा सफाई हुने अवस्था नदेखिदा यी प्रतिबादीहरूलाई सफाई दिई भएको फैसला त्रुटिपूर्ण रहेको। 
ख) वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तव र इन्जिनियर पाण्डव प्रसाद देवले stud निर्माणमा प्रयोग भएको ग्यावियन तारको गुणस्तर परीक्षण गरी स्पेसिफिकेशन बमोजिमको गुणस्तर यकिन गरेर मात्र ग्यावियन तार प्रयोग गराउनु पर्नेमा प्रथम रनिङ्ग विल देखि सातौ रनिङ्ग विलसम्मका सातवटा विलहरुको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी Stud निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त छ भनी बील स्वीकृत गरी भुक्तानी गराएको र निर्धारित शर्त र सम्झौता विपरीत कम गुणस्तरको ग्यावियन तारबाट निर्मित Stud हरुलाई गुणस्तरयुक्त भनी भुक्तानी लिने महादेव खिम्ति/मैनाचुली जे.भी.का मुख्य पार्टनर महादेव खिम्ति निर्माण सेवा प्रा.लि.का मेनेजिङ्ग डाइरेक्टर प्रतिवादी रवि सिंहले निर्माण कार्यमा कम गुणस्तरको ग्यावियन तारबाट निर्मित Studलाई गुणस्तरयुक्त भनी लाभ लिने कार्य गरेको । महादेव खिम्ति/मैनाचुली जे.भी.का आधिकारीक प्रतिनिधी सन्तोष प्रधान (शाही) ले निर्धारित शर्त र सम्झौता विपरीत कम गुणस्तरको Stud निर्माण गरी निर्मित Stud हरुलाई गुणस्तरयुक्त भनी महादेव खिम्ति/मैनाचुली जे.भी.का तर्फबाट तयार भएको बिल बमोजिमको रकम बुझ्ने लगायत सम्बद्ध कागजातहरुमा दस्तखत गरी भ्रष्टाचार गरेको पुष्टि भएको।
ग) प्रतिबादीहरूले मौकामा बयान गर्दा समेत निर्माण कार्यको गुणस्तर नभएको भन्ने स्वीकार गरी बयान गरेको र सम्मानित अदालतबाट समेत उक्त निर्माण कार्य कम गुणस्तर भएको भन्ने आधार लिदा समेत स्वीकार गरी फैसला भएको ।नेपाल गुणस्तर तथा नापतौल बिभागको पत्रसाथ प्राप्त परीक्षण प्रतिबेदनमा समग्र stud निर्माणमा प्रयोग भएको ग्याबिन तार स्पेसिफिकेशन बमोजिमको गुणस्तर नभएको उल्लेख गरी परीक्षण प्रतिबेदन दिएको देखिएको।प्राबिधिक परीक्षणबाट समेत प्रयोग भएका ग्याविन तार गुणस्तर नभएको भनी दिएको प्रतिबेदनबाट समेत पुष्टि हुँदा हुँदै आयोजना शुरू भएको ६ बर्ष पछि मात्र परीक्षण गर्दा फरक गुणस्तर आउने कार्यलाई अस्वभाविक मान्न मिलेन भन्ने अनुमानको भरमा परीक्षण प्रतिबेदनलाई अनदेखा गरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको। 
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release

प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/25
प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18