जिल्ला झापा, बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसमेत २ जना घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८१।०६।०८ गते।
----------------------------------------------------

जिल्ला झापा, बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुस/रिसवत लिइसकेको अवस्थामा ईलाका प्रहरी कार्यालय, अनारमनी, झापामा बुझाइएको हुँदा आवश्यक कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको टेलिफोन मार्फत प्राप्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष डिल्ली प्रसाद ओलीलाई रु.८०,०००।–(असी हजार रुपैयाँ) घुस/रिसवत सहित ईलाका प्रहरी कार्यालय, अनारमनी, झापाबाट निज र घुस/रिसवत दिने भारतीय नागरिक अमरनाथ चौहानसमेतलाई आज मिति २०८१।०६।०८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

 

Download Download