प्रतिवादीहरु उमाशंकर यादवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।२८ गते ।
-------------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:-
• प्रतिवादी उमाशंकर यादवले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिंदा निज उमाशंकर यादव उपर दस्तुरको बहानामा राष्ट्रसेवकलाई घुस/रिसवत वापत दिएको रकम रु. ४¸००¸०००।- र नक्कली तथा गलत कागजातहरुबाट विद्यालयमा कार्यरत रही तलव भत्ता वुझिलिई नेपाल सरकारलाई हानी पुर्‍याएको रकम रु. ३¸०४¸२१०।- समेत गरी रु. ७¸०४¸२१०।- (सात लाख चार हजार दुइ सय दश) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम रु. ४¸००¸०००।- (चार लाख) ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानी नोक्सानी गरेको बिगो रु. ३¸०४¸२१०।- (तीन लाख चार हजार दुई सय दश) ऐ. ऐनको दफा १७ बमोजिम असूल उपर हुन; र
• प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज राजेश्वर प्रसाद चौरसिया उपर उमाशंकर यादवबाट दस्तुरको बहानामा गैरकानूनी लाभ घुस रिसवत लिएको रकम रु. ४¸००¸०००।- र आफैंले नक्कली तथा गलत कागजातहरुका आधारमा विद्यालयमा कामकाजमा लगाएका तथा सिफारिस गरेका उमाशंकर यादवलाई तलव भत्ता वापत भुक्तानी दिलाई आफ्नो पदको दुरुपयोग गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको रकम रु. ३¸०४¸२१०।- समेत गरी बिगो रु. ७¸०४¸२१०।- (सात लाख चार हजार दुइ सय दश) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम रु.४,००,०००।(चार लाख) ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानी नोक्सानी पुगेको बिगो रु. ३¸०४¸२१०।- (तीन लाख चार हजार दुई सय दश) ऐ. ऐनको दफा १७ बमोजिम असूल उपर हुन एवं प्रतिवादीहरु रामवेलास प्रसाद पटेल र महेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम रु. ३¸०४¸२१०।- (तीन लाख चार हजार दुई सय दश)  बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन 
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको ।
 
विशेष अदालतको मिति २०८०/०९/२२ को फैसलाबाट निम्न आधारहरू लिई उक्त आरोपमा आंशिक कसूर ठहर भएकोः-
• उमाशंकर यादवले यस अदालतमा बयान गर्दा मैले राजेश्वर प्रसाद चौरसियालाई आवेदन दस्तुर रु. १,१५०।- र भोजभतेरको लागि रु.१३,०००।- समेत रु. १४,१५०। - दिएको रु.४,००,०००।- दिएको होईन भनी लेखाएको देखिएको र अनुसन्धान अधिकारी समक्षको बयानमा प्रतिवादी राजेश्वर प्रसाद चौरसिया लिएको भनी लेखाएको रु.११,०००।- लाई मात्र रिसवतको बिगो कायम गर्न न्यायोचित हुने देखियो। 
• प्रतिवादी महेश यादवले कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरूका आधारमा विभिन्न व्यक्तिहरूलाई शिक्षकको रूपमा तलव भत्तासमेत भुक्तानी दिलाउन शिक्षा अधिकृत (विद्यालय निरीक्षक) प्रतिवादी राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिकामा निर्वाह गरेको भन्ने आरोप रहेकोमा यस मुद्दामा प्रसंग उठाईएको दुवै विद्यालयसँग निज सम्वन्धित भएको नदेखिएको तसर्थ आफ्ना हकमा ईन्कारी बयान गर्ने राजेश्वरप्रसाद चौरसियाको अनुसन्धान अधिकारी समक्षको बयान मात्रको आधारमा यी प्रतिवादीको संलग्नता भएको भन्न नमिल्ने। 
• प्रतिवादी रामवेलास प्रसाद पटेलले उमाशंकर साहलाई शिक्षकको रूपमा तलव भत्तासमेत भुक्तानी दिलाउन प्रतिवादी राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिका निर्वाह गरेको भनी यो दाबी लिईएको आरोप सम्वन्धमा निजले अनुसन्धान अधिकारी तथा यस अदालत समक्ष समेत ईन्कारी बयान गरेको।
 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०५।२७ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) प्रतिवादी उमाशंकर यादवले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा जगरनाथपुर गाउँपालिकाका शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले विभिन्न दस्तुरहरुको बहानामा रु. ४¸००¸०००।- लिएर नियुक्तिपत्र लगायतका कागजातहरु उपलव्ध गराइदिएका हुन् भनी वयान गरेको देखिएबाट प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रतिवादी उमाशंकर यादवले अनुसन्धानको बयानमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिई आरोपदावी बमोजिम प्रतिवादीहरु राजेश्वर प्रसाद चौरासिया र उमाशंकर यादवले घुस/रिसवत लिएको/दिएको रकम रु.४,००,०००।-(चार लाख) कायम गरी सजाय गर्नुपर्नेमा अदालतमा बयान गर्दा प्रतिवादी राजेश्वर प्रसाद चौरासिया स्वयमंले लिएको भनी लेखाएको रु.११,००० । लाई नै रिसवतको बिगो कायम गर्न न्यायोचित हुने देखियो भनी भएको फैसला त्रुटिपूर्ण रहेको। 
ख) प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा उमाशंकर यादव लगायतका व्यक्ति र कागजातहरु समेत लिई आउने र आफुलाई सहयोग वापत रकम उपलव्ध गराउने व्यक्ति श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढ्वा विर्ता पर्साका भु.पु.प्रधानाध्यापक महेश प्रसाद यादव र रामवेलासप्रसाद पटेल हुन् भनी खुलाईदिएको देखिन्छ। मुख्य आरोपी राजेश्वर प्रसाद चौरसियाले सनाखत समेत गरिदिइ आफुलाई सहयोग गर्ने व्यक्ति भनी खुलाईदिए अनुसार प्रतिवादी महेश प्रसाद यादव र रामवेलास प्रसाद पटेल समेतले विभिन्न व्यक्तिहरु लिई गई राजेश्वर प्रसाद चौरसियाबाट नक्कली तथा गलत कागजातहरु उपलव्ध गराउनमा सघाउ पुर्याउने कार्य गरी सोही नक्कली तथा गलत कागजातहरुका आधारमा आफु अनुकुलका व्यक्तिहरुले समेत तलव भत्ता भुक्तानी प्राप्त गर्ने गरी निकासा पठाउन तलव भत्ता निकासा सिफारिस गरी गराई निज राजेश्वर प्रसाद चौरसियालाई गैर कानूनी लाभ उपलव्ध गराउने काम गरेको खुल्न आएकोले राष्ट्रसेवक कर्मचारीसंगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरुका आधारमा विभिन्न व्यक्तिहरुलाई शिक्षकको रुपमा तलव भत्ता समेत भुक्तानी दिलाउन एवं गैरकानूनी लाभ प्राप्त गर्न प्रतिवादीहरु रामवेलास प्रसाद पटेल र महेश प्रसाद यादवले जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिका निर्वाह गरेको पुष्टी भै रेहेको अवस्थामा सफाई दिने गरी भएको फैसला त्रुटीपूर्ण रहेको।
(नोटः थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/25
प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18