प्रतिवादीहरु उषाकुमारी राम, राजेश्वर प्रसाद चौरासिया र हकिम अन्सारी समेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।२८ गते ।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः-
• प्रतिवादी उषा कुमारी रामले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को  दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज उपर दस्तुरको बहानामा राष्ट्रसेवकलाई घुस रिसवत दिएको रकम रु. ५०¸०००।- र नक्कली तथा गलत कागजातबाट विद्यालयमा कार्यरत रही तलव भत्ता वुझिलिइ नेपाल सरकारलाई हानि नोक्सानी पुर्याएको रकम रु. ३०¸०००।- समेत गरी विगो रु. ८०¸०००।- (असी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजायँ गरी घुस रिसवत दिएको रकम रु.५०,०००।- ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानि नोक्सानि भएको रु. ३०,०००।– ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन;
• प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजायँ गरी घुस/रिसवत लिएको रकम रू.५०,०००।- ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानि नोक्सानी पुगेको विगो रू. ३०¸०००।–(तीस हजार ) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन; र
• प्रतिवादी हकिम अन्सारीले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसूरमा मतियार हुने कार्य कसूर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरु हकिम अन्सारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम नेपाल सरकारलाई हानि नोक्सानी भएको रु.३०,०००।–(तिस हजार) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन 
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको ।
विशेष अदालतको मिति २०८०/०९/२२ को फैसलाबाट निम्न आधारहरू लिई उक्त आरोपमा आंशिक कसूर ठहर भएकोः-
 
• प्रतिवादी हकीम अन्सारीले  निज उषाकुमारी रामलाई तलब भत्ता वुझाएको भन्ने तथ्यलाई अन्यथा भन्न सकिने अवस्था नरहेको। यसबाट निज हकीम अन्सारीको संलग्नता खम्बिर हुन आएन। 
• प्रतिवादी उषाकुमारी रामको अनुसन्धान अधिकारी समक्षको बयानबाट देखिए पनि निज स्वयंले यस तथ्यलाई यस अदालतमा स्पष्ट ईन्कारी गरेको। प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले उक्त आरोपलाई यस अदालत समक्ष मात्र नभई अनुसन्धान अधिकारी समक्षकै बयानमा इन्कारी गरेको। उक्त तथ्य पुष्टि हुने अन्य आधारसमेत मिसिलबाट नदेखिदा घुस लिए दिएको भन्नेतर्फको आरोप दाबी पनि सबुत प्रमाणबाट खम्बिर हुन आएन 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०५।२७ मा पुनरावेदन गरिएको छः-
 
देहाय:
क) प्रतिवादी उषा कुमारी रामले श्री जनसेवा प्रा.वि. जगरनाथपुर सिरामा कार्यरत रहँदा पेश गरेको जिल्ला शिक्षा कार्यालय विरगंज पर्साको सरुवापत्रका सम्वन्धमा जिल्ला शिक्षा कार्यालय पर्साको सक्कल चलानी रजिष्टरमा जाँच गर्दा पत्र चलानी भएको र सो पत्र श्री मंगल उच्च मा.वि. भिषवा पर्सालाई जानकारी गराएको भन्ने विषयमा पत्राचार भएको देखिँदा निजले पेश गरेको पत्रमा उल्लेख चलानी नम्वर¸ मिति र विषय मेल नखानुका साथै उक्त अवधिमा जिल्ला शिक्षा कार्यालय पर्सामा कार्यरत जिल्ला शिक्षा अधिकारीले कागजात हेरी पढी आफ्नो दस्तखत होइन भनि सनाखत गरिदिएका व्यहोरा लगायत प्रतिवादी उषा कुमारी रामले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा मलाई उक्त पत्र राजेश्वर प्रसाद चौरसियाले विभिन्न दस्तुरहरुको बहानामा रु. ५०,०००।- लिएर उपलव्ध गराएका हुन् भनि बयान गरेको देखिएबाट प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रतिवादी उषा कुमारी रामले प्रतिवादी राजेश्वर प्रसाद चौरसियासंग मिलेमतो गरी दस्तुरको बहानामा घुस रिसवत लिए/दिएको अनुसन्धानको बयानबाट स्पष्ट देखिएको अवस्थामा सो कुरालाई प्रमाणमा लिई आरोपदावी बमोजिम प्रतिवादीहरु उषा कुमारी राम र प्रतिवादी राजेश्वर प्रसाद चौरसियालाई सजाय गर्नु पर्नेमा घुस/रिसवत तर्फको आरोपदावीमा सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
 
ख) अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निज उपर नै हुन्छ  भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भएको अवस्थामा प्रतिवादीहरुले घुस/रिसवत नलिए/नदिएको कुराको प्रमाण पुर्‍याउने भार निजहरुमा निहित हुनेमा निजहरुले कुनै प्रमाण पेश गर्न नसकेको देखिदा प्रतिवादीहरु उषा कुमारी राम र राजेश्वर प्रसाद चौरसियालाई मागदावीमा सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको। 
ग) प्रतिवादी हकिम अन्सारीले शिक्षकको कुनै प्रमाण विनानै शिक्षकको रुपमा तलवभत्ता समेत भुक्तानी दिलाउन गैरकानूनी लाभ प्राप्त गर्न प्रतिवादी हकिम अन्सारीले जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिका निर्वाह गरेको प्रतिवादी उषा कुमारी रामले अनुसन्धान अधिकारी समक्ष गरेको वयान कागजबाट देखिएबाट प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रतिवादी उषाकुमारी रामले अनुसन्धानको बयानमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिई आरोपदावी बमोजिम प्रतिवादी  हकिम अन्सारीलाई कसुर कायम गरी सजाय गर्नुपर्नेमा सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/25
प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18