प्रतिवादी हकिम अन्सारी, राजेश्वर प्रसाद चौरसिया, र महेश प्रसाद यादव समेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।२८ गते ।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः-
• प्रतिवादी ह़किम अन्सारीले राष्ट्रसेवकलाई दस्तुरको बहानामा घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिँदा निज प्रतिवादी उपर घुस रिसवतबापत दिएको रकम रू.३¸९०¸०००।- र नक्कली तथा गलत कागजातहरूबाट विद्यालयमा कार्यरत रही तलव भत्ता बुझिलिई नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याएको रकम रू.३¸१४¸११०।- समेत गरी रू.७¸०४¸११०।- (सात लाख चार हजार एक सय दश) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानि नोक्सानी गरेको विगो ऐ. ऐनको दफा १७ बमोजिम असूलउपर हुन;
• प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिन आएकोले निज उपर दस्तुरको बहानामा घुस/रिसवतबापत लिएको रकम रू.३¸९०¸०००।- र नक्कली तथा गलत कागजातहरूबाट विद्यालयमा कार्यरत रही तलव भत्ता वुझिलिई नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याएको रकम रू.३¸१४¸११०।- समेत गरी रू.७¸०४¸११०।- (सात लाख चार हजार एक सय दश) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम रू.३¸९०¸०००।- ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानि नोक्सानी पुगेको विगो रू.३¸१४¸११०।-(चार लाख चौध हजार एक सय दश) ऐ. ऐनको दफा १७ बमोजिम असूलउपर हुन; र
• प्रतिवादी महेश प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार भई कसुर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम रू.३,१४,०००।  (तीन लाख चौध हजार) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन 
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको ।
 
विशेष अदालतको मिति २०८०/०९/२२ को फैसलाबाट निम्न आधारहरू लिई उक्त आरोपमा आंशिक कसूर ठहर भएकोः-
 
• प्रतिवादी हकिम अन्सारीले यस अदालतमा बयान गर्दा आफूले कुनै रकम दिएको र प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले लिएको तथ्य इन्कारी गरेको भएपनि अनुसन्धान अधिकारी समक्ष रकम लेनदेन भएको तथ्य उल्लेख भएकोले अनुसन्धान अधिकारी समक्षको बयानमा प्रतिवादी राजेश्वर प्रसाद चौरसिया स्वयंले प्रतिवादी हकिम अन्सारीले दिएको भनी लेखाएको रु.१५,०००।- मात्र रिसवतको बिगो कायम गर्न न्यायोचित हुने देखियो। 
• प्रतिवादी महेश यादव भन्ने महेश प्रसाद यादव कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरूका आधारमा विभिन्न व्यक्तिहरूलाई शिक्षकको रूपमा तलव भत्तासमेत भुक्तानी दिलाउन शिक्षा अधिकृत प्रतिवादी राजेश्वर प्रसाद चौरसियाको सहयोगी भई मतियारको भूमिका निर्वाह गरेको भन्ने आरोप रहेकोमा विद्यालयसँग सम्बन्धित भएको देखिंदैन।प्रतिवादी हकीम अन्सारी स्वयंको अनुसन्धान अधिकारी तथा यस अदालत समक्षको बयानबाट पनि निजको संलग्नता खुल्दैन। 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०५।२७ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) प्रतिवादी हकिम अन्सारीले अनुसन्धान अधिकारी समक्षको बयानमा मैले शिक्षक नियुक्तिको लागि आवेदन नदिएको¸ छनौट परीक्षामा सहभागी समेत नभइ विद्यालयको नियुक्तिपत्र¸ जनसेवा प्रा.वि. जगरनाथपुर सिरा पर्सामा सरुवा भएको पत्रसमेतका कागजातहरू जगरनाथपुर गाउँपालिका गाउँ कार्यालय जगरनाथपुरका शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले विभिन्न दस्तुरहरूको बहानामा रू.३¸९०¸०००।- लिएर उपलव्ध गराएका हुन् भनी बयानमा खुलाईदिएबाट कुनैपनि परीक्षाहरू नदिई दस्तुरको बहानामा शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिएर निजबाट गलत तथा नक्कली कागजातहरू प्राप्त गरी सोही गलत तथा नक्कली पत्रहरूको आधारमा जनसेवा प्रा.वि, जगरनाथपुर, सिराह, पर्सामा राहत शिक्षकको पदमा कार्यरत रहेको देखिएबाट प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रतिवादी हकिम अन्सारीले अनुसन्धानको बयानमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिई आरोपदावी बमोजिम प्रतिवादीहरु राजेश्वर प्रसाद चौरासिया र हकिम अन्सारीले घुस/रिसवत लिएको/दिएको रकम रु.२,००,०००।-(दुई लाख) कायम गरी सजाय गर्नु पर्नेमा विशेष अदालतले फैसला गर्दा समेत अनुसन्धान अधिकारी समक्षको बयानमा प्रतिवादी राजैश्वर प्रसाद चौरसिया स्वयंले प्रतिवादी नागेन्द्र प्रसादले दिएको भनी लेखाएको रु.१5,०००।- लाई नै रिसवतको बिगो कायम गर्न न्यायोचित हुने देखियो भनी गरेको फैसला त्रुटीपुर्ण रहेको। 
ख) मुख्य आरोपी राजेश्वर प्रसाद चौरसियाले सनाखत समेत गरिदिइ आफूलाई सहयोग गर्ने व्यक्ति भनी खुलाईदिए अनुसार निज प्रतिवादी महेश प्रसाद यादवले विभिन्न व्यक्तिहरूलिई गई राजेश्वर प्रसाद चौरसियाबाट नक्कली तथा गलत कागजातहरू उपलव्ध गराउनमा सघाउ पुर्‍याउने कार्य गरी सोही नक्कली तथा गलत कागजातहरूका आधारमा आफू अनुकुलका व्यक्तिहरूले समेत तलव भत्ता भुक्तानी प्राप्त गर्ने गरी तलव भत्ता निकासा सिफारिस गरी गराई निज राजेश्वर प्रसाद चौरसियालाई गैरकानूनी लाभ उपलव्ध गराउने काम गरेको खुल्न आएकोले प्रतिवादी महेश प्रसाद यादवले जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिकामा निर्वाह गरेको पुष्टी भै रेहेको भै रेहेको अवस्थामा प्रमाण ऐन २०३१ को दफा ९ तथा अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निज उपर नै हुन्छ  भनी सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको मुल्याङ्कन नै नगरी प्रतिवादी महेश प्रसाद यादवलाई सफाई दिने गरी भएको फैसला त्रुटीपुर्ण रहेको।
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/25
प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18