प्रतिवादी जितेन्द्र प्रसाद कुर्मी, राजेश्वर प्रसाद चौरसिया र नागेन्द्र पटेल भन्ने नागेन्द्र प्रसाद समेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।२८ गते ।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः-
• प्रतिवादी जितेन्द्र प्रसाद कुर्मीले घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुर गरेकोमा निज प्रतिवादी उपर दस्तुरको बहानामा राष्ट्रसेवकलाई घुस रिसवत वापत दिएको रकम रु.२¸००¸०००।- र नक्कली तथा गलत कागजातहरूबाट विद्यालयमा कार्यरत रही तलव भत्ता वुझिलिई नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको रकम रु.४¸२६¸५६०।-समेत गरी रु.६¸२६¸५६०।- (छ लाख छव्बीस हजार पाँच सय साठी) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम रु.२,००,०००।-(दुई लाख) ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानी नोक्सानी गरेको विगो रु.४,२६,५६०।-(चार लाख छब्बीस हजार पाँच सय साठी) ऐ. ऐनको दफा १७ बमोजिम असूल उपर हुन; 
• प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुर गरेको देखिन आएकोले निज प्रतिवादी राजेश्वर प्रसाद चौरसिया उपर दस्तुरको बहानामा घुस/रिसवत वापत प्रतिवादी जितेन्द्र प्रसाद कुर्मीबाट लिएको रकम रु.२¸००¸०००।- र नक्कली तथा गलत कागजातहरूबाट विद्यालयमा कार्यरत रही तलव भत्ता वुझिलिई नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको रकम रु.४¸२६¸५६०।- समेत गरी विगो रु.६¸२६¸५६०।- (छ लाख छव्बीस हजार पाँच सय साठी) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम ऐ.को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानीनोक्सानी भएको बिगो ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन;  र
• प्रतिवादी नागेन्द्र प्रसादले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी नागेन्द्र प्रसादलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम रु.४,२६,५६०।–(चार लाख छब्बीस हजार पाँच सय साठी) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको ।
विशेष अदालतको मिति २०८०/०९/२२ को फैसलाबाट निम्न आधारहरू लिई उक्त आरोपमा आंशिक कसूर ठहर भएकोः-
• प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले अनुसन्धानले अधिकारी समक्षको बयानमा लेखाएको रु.१४,०००।- मात्र रिसवतको बिगो कायम गर्न न्यायोचित हुने देखिएको।
• प्रतिवादी नागेन्द्र पटेल भन्ने नागेन्द्र प्रसाद उपर मतियारको दाबी रहेको देखिएकोमा निज प्रतिवादी जितेन्द्र प्रसाद कुर्मीका सहोदर दाजुभाई भएको तथ्य निजहरुको पुस्तेवारीबाट बुझिएको। निजले बयान गर्दा प्रतिवादी राजेश्वर प्रसाद चौरासियाले के कुन आधारमा निज जितेन्द्र प्रसाद कुर्मीलाई सरुवा गरी नियुक्ति पत्रसमेत तयार गरी म कार्यरत विद्यालयमा हाजिर गराएका हुन् सो कुरा मलाई थाहा भएन र निजले काम गरेवापतको तलव भत्ता भुक्तानी गरेको हो भन्ने जिकिर गरेपनि आफ्नै भाईलाई शिक्षा अधिकृतले हाजिर गराउन वाध्य बनाउने तथ्य नै विश्वासप्रद देखिंदैन।
 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०५।२७ मा पुनरावेदन गरिएको छः-
 
क. प्रतिवादी जितेन्द्र प्रसाद कुर्मीले अनुसन्धानको क्रममा बयान गर्दा मैले नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय देउरबना पर्साको विज्ञापनमा निवेदन दिएर¸ छनौट परीक्षामा सहभागी भइ छनौट भइ नियुक्ति प्राप्त गरेको होइन। जगरनाथपुर गाउँपालिकाका शिक्षा अधिकृत विद्यालय निरीक्षक राजेश्वर प्रसाद चौरसियाले म वेरोजगार भइ घरमा वसिरहेको अवस्थामा म जागिर दिलाईदिन्छु भनि विभिन्न प्रलोभन देखाइ निवेदन दस्तुर¸ अभिलेख दस्तुर जस्ता विभिन्न किसिमका दस्तुरहरुको बहानामा पटक पटक गरी मसंगबाट रु. २¸००¸०००।- रिसवत लिएर नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय देउरबना पर्साको नियुक्ति पत्र¸ जिल्ला शिक्षा कार्यालय पर्साको अभिलेख कायम गरी दरवन्दि सहित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जमुनिया पर्सामा सरुवा भएको पत्र मलाई दिइ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जमुनियामा हाजिर गराउनु भएको हो भनी बयान गरेको देखिएबाट प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रतिवादी जितेन्द्र प्रसाद कुर्मीले अनुसन्धानको बयानमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिई आरोपदावी बमोजिम प्रतिवादीहरु राजेश्वर प्रसाद चौरासिया र जितेन्द्र प्रसाद कुर्मीले घुस/रिसवत लिएको/दिएको रकम रु.२,००,०००।-(दुई लाख) कायम गरी सजाय गर्नु पर्नेमा अदालतले फैसला गर्दा समेत अनुसन्धान अधिकारी समक्षको बयानमा निज स्वयंले प्रतिवादी नागेन्द्र प्रसादले दिएको भनी लेखाएको रु.१४,०००।- लाई नै रिसवतको बिगो कायम गर्न न्यायोचित हुने देखियो भनी गरेको फैसला त्रुटीपुर्ण रहेको। 
ख. अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निज उपर नै हुन्छ  भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भएको अवस्थामा प्रतिवादीहरुले घुस/रिसवत नलिए/नदिएको कुराको प्रमाण पुर्‍याउने भार निजहरुमा निहित हुनेमा निजहरुले कुनै प्रमाण पेश गर्न नसकेको देखिदा प्रतिवादीहरु जितेन्द्र प्रसाद कुर्मी र राजेश्वर प्रसाद चौरसियालाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।  
ग. प्रतिवादी नागेन्द्र पटेल भन्ने नागेन्द्र प्रसादलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसूरदारलाई भएको सजायको आधा रु.७३,४२६।६६ जरिबाना र तीन महिना कैदको सजाय मात्र गरेको देखिँदा एकै व्यक्ति उपर समेत फैसला गर्दा एकरुपता कायम गरेको नदेखिएको हुँदा आरोपदावी भन्दा फरक हुने गरी विशेष अदालतबाट भएको फैसला त्रुटिपूर्ण रहेको।
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/25
प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18