प्रतिवादीहरु शिवशंकर प्रसाद यादव र राजेश्वर प्रसाद चौरसियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।२८ गते ।
-------------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:-
प्रतिवादी शिवशंकर प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन¸ भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिंदा निज उपर दस्तुरको बहानामा राष्ट्रसेवकलाई घुस रिसवत वापत दिएको रकम रु. २¸५०¸०००।-  र नक्कली तथा गलत कागजातहरुबाट विद्यालयमा कार्यरत रही तलव भत्ता वुझिलिइ नेपाल सरकारलाई हानि नोक्सानी पुर्याएको रकम रु. ३¸९१¸७१०।- समेत गरी रु. ६¸४१¸७१०।- (छ लाख एकचालीस हजार सात सय दश) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानि नोक्सानी गरेको रकम ऐ. ऐनको दफा १७ बमोजिम असूल उपर हुन,
प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज उपर शिवशंकर प्रसाद यादवबाट दस्तुरको बहानामा गैरकानूनी लाभ घुस रिसवत लिएको रकम रु. २¸५०¸०००।- र आफैंले नक्कली तथा गलत कागजातहरुका आधारमा विद्यालयमा कामकाजमा लगाएका तथा सिफारिस गरेका शिवशंकर प्रसाद यादवलाई तलव भत्ता वापत भुक्तानी दिलाई आफ्नो अधिकारको दुरुपयोग गरी नेपाल सरकारलाई हानि नोक्सानी पुर्याएको रकम रु. ३¸९१¸७१०।- समेत गरी विगो रु. ६¸४१¸७१०।- (छ लाख एकचालीस हजार सात सय दश) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानि नोक्सानी गरेको रकम ऐ. ऐनको दफा १७ बमोजिम असूल उपर हुन, प्रतिवादी महेश प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम नेपाल सरकारलाई हानि पुर्‍याएको रकम रु.३,९१,७१०।- विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन, मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतको मिति २०८०/०९/२२ को फैसलाबाट निम्न आधारमा आंशिक कसुर ठहर भएको: 
 प्रतिवादी शिवशंकर प्रसाद यादवले यस अदालतमा बयान गर्दा आफूले कुनै रकम दिएको र प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले लिएको तथ्य ईन्कारी गरेको भएपनि अनुसन्धान अधिकारी समक्ष बयानमा प्रतिवादी राजेश्वर प्रसाद चौरसियालाई प्रतिवादी दुलारचन प्रसाद कुर्मीले दिएको भनी लेखाएको रु १५०००।- नै रिसवतको बिगो कायम गर्न न्यायोचित हुने देखियो ।
 प्रतिवादी शिवशंकर प्रसाद यादवको अनुसन्धान अधिकारी तथा यस अदालत समक्षको बयानबाट पनि निजको संलग्नता खुल्दैन। निजको संलग्नता पुष्टि हुने अन्य मनासिव कारण र आधार समेत मिसिलबाट नदेखिदा प्रतिवादीको संलग्नता भएको भन्न नमिल्ने।
उक्त फैसलामा आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०५।२७ मा पुनरावेदन गरिएको छ।
देहाय:
क) प्रतिवादी शिवशंकर प्रसाद यादवले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा मैले शिक्षक नियुक्तिको लागि आवेदन नदिएको¸ छनौट परीक्षामा सहभागी समेत नभई विद्यालयको नियुक्तिपत्र¸ जिल्ला शिक्षा कार्यालय पर्साको अभिलेख कायम गरी दरवन्दीसहित श्री रामजानकी प्रा.वि. विजबनिया पर्सामा सरुवा भएको पत्र एवं रमानापत्र समेतका कागजातहरु जगरनाथपुर राजेश्वर प्रसाद चौरसियाले विभिन्न दस्तुरहरुको बहानामा रु.२¸५०¸०००।-  लिएर उपलव्ध गराएका हुन् भनी खुलाईदिएबाट कुनैपनि परीक्षाहरु नदिइ दस्तुरको बहानामारु. २¸५०¸०००।- घुस रिसवत दिएर निजबाट गलत तथा नक्कली कागजातहरु प्राप्त गरी सोही गलत तथा नक्कली पत्रहरुले श्री रामजानकी प्रा.वि. विजबनियाँ पर्सामा राहत शिक्षकको पदमा कार्यरत रहेको भनी वयान गरेको देखिएबाट प्रतिवादीहरु राजेश्वर प्रसाद चौरासिया र शिवशंकर प्रसाद यादवले घुस/रिसवत लिएको/दिएको रकम रु.2,50,०००।- कायम गरी सजाय गर्नु पर्नेमा फैसला गर्दा समेत अनुसन्धान अधिकारी समक्षको बयानमा प्रतिवादी राजेश्वर प्रसाद चौरासिया स्वयमंले प्रतिवादी शिवशंकर प्रसाद यादवले दिएको भनी लेखाएको रु.१५,००० । लाई नै रिसवतको बिगो कायम गर्न न्यायोचित हुने देखियो भनी भएको फैसला त्रुटिपूर्ण रहेको।
ख) प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा शिवशंकरप्रसाद यादव लगायतका व्यक्ति र कागजातहरूसमेत लिइ आउने र आफूलाई सहयोगबापत रकम उपलव्ध गराउने व्यक्ति श्री ने.रा.मा.वि., सेढ्वा विर्ता, पर्साका भु.पु.प्र.अ. महेश यादव हुन् भनी खुलाईदिएको। मुख्य आरोपी राजेश्वर प्रसाद चौरसियाले सनाखतसमेत गरिदिई आफूलाई सहयोग गर्ने व्यक्ति भनी खुलाईदिए अनुसार निज महेश प्रसाद यादवले विभिन्न व्यक्तिहरू लिई गई राजेश्वर प्रसाद चौरसियाबाट नक्कली तथा गलत कागजातहरू उपलव्ध गराउनमा सघाउ पुर्‍याउने कार्य गरी सोही नक्कली तथा गलत कागजातहरूका आधारमा आफू अनुकुलका व्यक्तिहरूले समेत तलव भत्ता भुक्तानी प्राप्त गर्ने गरी निकासा पठाउन तलव भत्ता निकासा सिफारिस गरी गराई निज राजेश्वर प्रसाद चौरसियालाई गैरकानूनी लाभ उपलव्ध गराउने काम गरेको खुल्न आएकोले राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भुमिका निर्वाह गरेको पुष्टी भै रहेको अवस्थामा प्रमाणको मुल्याङ्कन नै नगरी सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/25
प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18