प्रतिवादीहरु रमेश शर्मा र राजेश्वर प्रसाद चौरसियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।२८ गते ।
-------------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:-
प्रतिवादी रमेश शर्माले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज उपर दस्तुरको बहानामा राष्ट्रसेवकलाई घुस/रिसवत वापत दिएको रकम रु. ३¸५०¸०००।- र नक्कली तथा गलत कागजातहरुबाट विद्यालयमा कार्यरत रही तलव भत्ता वुझिलिइ नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको रकम रु.३,०४,२१०।–-  समेत गरी विगो रु. ६¸५४¸२१०।- (छ लाख चौवन्न हजार दुई सय दश) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको  दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजायँ गरी घुस रिसवत दिएको रकम विगो रु. ३,५०,०००। ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असुल गरि जफत हुन र नेपाल सरकारलाई हानी नोक्सानी भएको विगो रु. ३,०४,२१०।(तिन लाख चार हजार दुई सय दश) सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन
प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज उपर रमेश शर्माबाट दस्तुरको बहानामा गैरकानूनी लाभ घुस रिसवत लिएको रकम रु. ३¸५०¸०००।- र आफैंले नक्कलि तथा गलत कागजातहरुका आधारमा विद्यालयमा कामकाजमा लगाएका तथा सिफारिस गरेका रमेश शर्मालाई तलव भत्ता वापत भुक्तानी दिलाई आफ्नो अधिकारको दुरुपयोग गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको रकम रु. ३¸०४¸२१०।– समेत गरी विगो रु. ६¸५४¸२१०।- (छ लाख चौवन्न हजार दुई सय दश)  कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजायँ गरी घुस रिसवत लिएको रकम विगो रु. ३,५०,०००। ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरि जफत हुन र नेपाल सरकारलाई हानी नोक्सानी भएको विगो रु. ३,०४,२१०। ऐ. को १७ बमोजिम असुल उपर हुन,
प्रतिवादी नागेन्द्र पटेल भन्ने नागेन्द्र प्रसादले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसूर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख बमोजिम रु. ३¸०४¸२१०।- (तीन लाख चार हजार दुई सय दश)  विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८०/०९/२२ को फैसलाबाट प्रतिवादी रमेश शर्माले यस अदालतमा बयान गर्दा आफूले रिसवत् भनी दिएको र प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले लिएको तथ्य ईन्कारी वयान गरेतापनि प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले अनुसन्धान अधिकारी समक्षको बयानमा लेखाएको रु.१८,०००।- लाई नै रिसवतको बिगो कायम गर्न न्यायोचित हुने देखियो भनी मागदाबी रहेको कसुरमा आंशिक ठहर गरी फैसला गरेकोमा आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा निम्न आधारहरु लिई मिति २०८१।०५।२७ मा पुनरावेदन गरिएको छ।
देहाय:
क) प्रतिवादी रमेश शर्माले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा जगरनाथपुर गाउँपालिकाका शिक्षा अधिकृत वि.नि. राजेश्वर प्रसाद चौरसियासंग भेट हुँदा निजले जागिरको प्रलोभन देखाइ निवेदन दस्तुर¸ अभिलेख दस्तुर जस्ता विभिन्न किसिमका दस्तुरहरुको बहानामा पटक पटक गरी रु. ३¸५०¸०००।-  लिएर श्री ने.रा.प्रा.वि. पाण्डेपुर पर्सामा सरुवा भएको पत्र र हाजिर हुन जाने रमानापत्र समेत दिइ निज राजेश्वर प्रसाद चौरसिया आफैंले साथ लिइ गई श्री ने.रा.प्रा.वि. पाण्डेपुर पर्सामा हाजिर गराए भनी वयान गरेको देखिएबाट प्रतिवादीहरु राजेश्वर प्रसाद चौरासिया र रमेश शर्माले घुस/रिसवत लिएको/दिएको रकम रु.३,५०,०००।-(तीन लाख पचास हजार) कायम गरी सजाय गर्नु पर्नेमा विशेष अदालतले फैसला गर्दा समेत अनुसन्धान अधिकारी समक्षको बयानमा प्रतिवादी राजेश्वर प्रसाद चौरासिया स्वयमंले लिएको भनी लेखाएको रु.१8,०००।लाई नै रिसवतको बिगो कायम गर्न न्यायोचित हुने देखियो भनी भएको फैसला त्रुटिपूर्ण रहेको।
ख) अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निज उपर नै हुन्छ  भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भएको अवस्थामा प्रतिवादीहरु रमेश शर्मा र राजेश्वर प्रसाद चौरसियाले घुस/रिसवत नलिए/नदिएको कुराको प्रमाण पुर्‍याउने भार निजहरुमा निहित हुनेमा निजहरुले घुस/रिसवत नलिएको/नदिएको कुनै प्रमाण पेश गर्न नसकेको देखिदाँ प्रतिवादीहरु रमेश शर्मा र राजेश्वर प्रसाद चौरसियालाई घूस/रिसवत लिए/दिएको तर्फको आरोपपत्र मागदावीमा सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको। 
ग) प्रतिवादी राजेश्वर प्रासाद चैरसियाले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा नागेन्द्र पटेल भन्ने नागेन्द्र प्रसाद समेतको आग्रहमा रमानापत्र मैले लेखिदिएको हुँ र निकासाको लागी सिफारिस गरिदिएको हुँ भनी बयान गरेको देखिएबाट गलत तथा नक्कली कागजातहरुका आधारमा विभिन्न व्यक्तिहरुलाई शिक्षकको रुपमा तलव भत्ता समेत भुक्तानी दिलाउन एवं गैरकानूनी लाभ प्राप्त गर्न प्रतिवादी नागेन्द्र पटेल भन्ने नागेन्द्र प्रसादले जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाको निजले सहयोगी मतियारको भूमिका निर्वाह गरेको पुष्टी भै रेहेको अवस्थामा अभियोगबाट सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/25
प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18