प्रतिवादी अव्दुल्लाह राउत गदी र राजेश्वर प्रसाद चौरसिया समेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।



प्रेस विज्ञप्ति :- मिति २०८१।०५।२७ गते ।
-------------------------------------------------
प्रतिवादी अव्दुल्लाह राउत गदीले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज अव्दुल्लाह राउत गदीलाई रू.४¸१५¸०००।– (चार लाख पन्ध्र हजार) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजायँ गरी घुस रिसवत बापत दिएको रकम रू.४¸१५¸०००।- ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन मागदावी लिईएको, प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी राजेश्वर प्रसाद चौरसियालाई रु.४¸१५¸०००।-(चार लाख पन्ध्र हजार) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी घुस/रिसवतबापत लिएको रकम रू.४¸१५¸०००।-(चार लाख पन्ध्र हजार) ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।०९।२२  को फैसलाबाट सफाई दिएको-: 
निम्न:
यस मुद्दाको दाबी नै दुई प्रतिवादीले रिसवत लिए दिएको भन्ने सम्बन्धमा प्रतिवादी अब्दुल्लाह राउत गदीले प्रतिवादी राजेश्वरप्रसाद चौरसियालाई ४ लाख १५ हजार रुपैयाँ दिएको भनी लेखाएको आधारमा दाबी गरिएकोमा प्रतिवादी राजेश्वरप्रसाद चौरसियाले अब्दुल्लाह राउत गदीसँग लेनदेन होइन।त्यस विद्यालयका प्रधानाध्यापक हकिम अन्सारीले नियुक्ति सम्बन्धी कार्यालयको लेटरपैड लिएर आए र निजको अनुरोधमा मैले निज अब्दुल्लाह राउत गदीको नियुक्ति पत्रमा नाम लेखिदिई रमाना पत्र पनि तयार गरिदिएको भनी लेखाएको देखिन्छ तर हकीम अन्सारीलाई प्रतिवादी कायम गरिएको पाईंदैन अर्कोतर्फ रिसवत दिने भनिएका प्रतिवादी अब्दुल्लाह राउत गदीले पनि यस अदालतमा बयान गर्दा आफूले कुनै रकम दिएको छैन भनेर नै बयान गरेको देखिन्छ भने प्रतिवादी राजेश्वरप्रसाद चौरसियाले पनि यस अदालतमा इन्कारी बयान गरेको देखिन्छ रिसवत लेनदेन भएको अन्य आधार देखिएको छैन भने निजहरुले गरेको कार्यबाट नेपाल सरकारलाई कुनै हानी नोक्सानी भएको अवस्था समेत देखिंदैन।यस अवस्थामा अनुसन्धान अधिकारी समक्षको एक प्रतिवादीको बयान मात्रको आधारमा रिसवत लेनदेन भएको मान्न मिलेन; 
प्रतिवादीहरुले आरोपीत कसुरबाट सफाई पाउने भनी सफाई दिएकोमा आयोगबाट देहायका आधारहरु लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०५।२७ मा पुनरावेदन गरिएको छ।
देहाय:
क.प्रतिवादी अव्दुल्लाह राउत गदीले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा मैले शिक्षक नियुक्तिको लागि आवेदन नदिएको¸ छनौट परीक्षामा सहभागीसमेत नभइ विद्यालयको नियुक्तिपत्र¸ जिल्ला शिक्षा कार्यालय, पर्साको अभिलेख कायम गरी दरबन्दीसहित जनसेवा प्रा.वि.जगरनाथपुर सिरा पर्सामा सरुवा भएको पत्रसमेतका कागजातहरू जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुरका शिक्षा अधिकृत विद्यालय निरीक्षकले विभिन्न दस्तुरहरूको बहाना गरी रू.४¸१५¸०००।- लिएर उपलव्ध गराएका हुन् भनी खुलाईदिएबाट कुनैपनि परीक्षाहरू नदिई दस्तुरको बहानामा रू.४¸१५¸०००।-जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिएर निजबाट गलत तथा नक्कली कागजातहरू प्राप्त गरेको भनी बयान गरेको देखिएबाट प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रतिवादी अव्दुल्लाह राउत गदीले अनुसन्धानको बयानमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिई आरोपदावी बमोजिम प्रतिवादीहरु राजेश्वर प्रसाद चौरासिया र अव्दुल्लाह राउत गदीले घुस/रिसवत लिएको/दिएको रकम रु.४,१५,०००।-(चार लाख पन्ध्र हजार) बिगो कायम गरी सजाय गर्नु पर्नेमा सो नगरी प्रतिवादीहरुलाई सफाई दिने गरी विशेष अदालतबाट भएको फैसला त्रुटीपुर्ण रहेको।
ख. प्रतिवादी अव्दुल्लाह राउत गदीले प्रतिवादी राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिएर निजबाट गलत तथा नक्कली कागजातहरू प्राप्त गरी सोही गलत तथा नक्कली पत्रहरूको आधारमा श्री जनसेवा प्रा.वि. जगरनाथपुर सिरा पर्सामा राहत शिक्षकको पदमा तलव भत्तासमेत भुक्तानी लिने खाने उद्देश्यका साथ कार्यरत रहेकोमा प्रतिवादी अव्दुल्लाह राउत गदीले तलव भत्ता भुक्तानी प्राप्त गर्ने गरी गाउँकार्यपालिकाको कार्यालय जगरनाथपुरबाट निकासा प्राप्त नभएपछि मात्र प्रतिवादी अव्दुल्लाह राउत गदीले सेवा छाडेको। विना फाईदा प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले प्रतिवादी अव्दुल्लाह राउत गदीलाई गलत तथा नक्कली कागजातहरू प्राप्त गरी सोही गलत तथा नक्कली पत्रहरूको आधारमा श्री जनसेवा .वि. जगरनाथपुर सिरा पर्सामा राहत शिक्षकको पदमा कार्यरत गराएको देखिदाँ बिना फाईदा यस्तो जोखिमपूर्ण कार्य गरेको नहुँदा प्रतिवादी अव्दुल्लाह राउत गदीले घुस/रिसवत बापत लिएको/दिएको रकम रु.४,१५,०००।-(चार लाख पन्ध्र हजार) बाट प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले काम कारवाही गरेको देखिँदा विशेष अदालतले प्रतिवादीहरुलाई सफाइ दिने गरी गरेको फैसला त्रुटिपूर्ण रहेको।
ग. प्रतिवादी अव्दुल्लाह राउत गदीले अनुसन्धानको क्रममा बयान गर्दा राजेश्वर प्रसाद चौरसियालाई विभिन्न किसिमका दस्तुरहरुको बहानामा पटक पटक गरी मसंगबाट रु. ४¸१५¸०००।- रिसवत लिएको भनी बयान गरेको अवस्थामा प्रतिवादीहरु अव्दुल्लाह राउत गदी र राजेश्वर प्रसाद चौरसिया बिच घुस/रिसवत बापत रु. ४¸१५¸०००।– लिए/दिएको पुष्टी भएको। अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निज उपर नै हुन्छ  भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित (ने.का.प २०६७ भाग ५२ अंक ४ निर्णय नं. ८३४०) भएको अवस्थामा प्रतिवादीहरु अव्दुल्लाह राउत गदी र राजेश्वर प्रसाद चौरसियाले घुस/रिसवत नलिए/नदिएको कुराको प्रमाण पुर्‍याउने भार निजहरुमा निहित हुनेमा निजहरुले घुस/रिसवत नलिएको/नदिएको कुनै प्रमाण पेश गर्न नसकेको देखिदाँ प्रतिवादीहरु अव्दुल्लाह राउत गदी र राजेश्वर प्रसाद चौरसियालाई घूस/रिसवत लिए/दिएको तर्फको आरोपपत्र मागदावीमा सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।

(नोट:  थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
नरहरि घिमिरे

 

Download Download
  

Other Press Release

प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/25
प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18