प्रतिवादी राजेश्वर प्रसाद चौरसिया, फिरोज आलम र महेश प्रसाद यादव समेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।



प्रेस विज्ञप्ति :- मिति २०८१।०५।२७ गते ।
-------------------------------------------------
प्रतिवादी फिरोज आलमले राष्ट्रसेवकलाई दस्तुरको बहानामा घुस रिसवत दिइ भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिंदा निज फिरोज आलमउपर दस्तुरको बहानामा राष्ट्रसेवकलाई घुस रिसवतबापत दिएको रकम रू.२¸२०¸०००।- र नक्कली तथा गलत कागजातहरूबाट विद्यालयमा कार्यरत रही तलव भत्ता बुझिलिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रू.१¸१८¸८५०।- समेत गरी रू.३¸३८¸८५०।- (तीन लाख अड्तीस हजार आठ सय पचास) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम रू.२,२०,०००।-(दुई लाख बीस हजार) ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी गरेको विगो रू.३¸३८¸८५०।- (तीन लाख अड्तीस हजार आठ सय पचास) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन,
 प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिन आएकोले निज प्रतिवादी उपर दस्तुरको बहानामा घुस/रिसवतबापत प्रतिवादी फिरोज आलमबाट लिएको रकम रू.२¸२०¸०००।- र नक्कली तथा गलत कागजातहरूबाट विद्यालयमा कार्यरत रही तलव भत्ता वुझिलिई नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याएको रकम रू.१¸१८¸८५०।- समेत गरी विगो रू.३¸३८¸८५०।- (तीन लाख अड्तीस हजार आठ सय पचास) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम रू.२,२०,०००।(दुई लाख बीस हजार) ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन र नेपाल सरकारलाई हानीनोक्सानी पुगेको विगो रू.१,१८,८५०।–(एक लाख अठार हजार आठ सय पचास) ऐ. ऐनको दफा १७ बमोजिम असूल उपर हुन, 
प्रतिवादी महेश प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसूर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी महेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख बमोजिम रू.१,१८,८५०।(एक लाख अठार हजार आठ सय पचास) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आयोगको मागदाबी रहेको प्रतिवादीहरु राजेश्वर प्रसाद चौरासियाले फिरोज आलमबाट लिएको घुस/रिसवत रकम रु. २,२०,०००।– बिगो मागदाबीबाट घटाई अनुसन्धान अधिकारी समक्ष वयानमा प्रतिवादी राजेश्वर प्रसाद चौरसिया स्वयंले प्रतिवादी फिरोज आलमले दिएको भनी लेखाएको रु.१५,०००/- लाई नै रिसवत बिगो कायम गर्न न्यायोचित हुने देखिएको। 
प्रतिवादी महेश यादव भन्ने महेश प्रसाद यादवले मतियारको भूमिका निर्वाह गरेको तथ्य सबुत प्रमाणबाट पुष्टि हुन नआएकोले निजका हकमा अभियोग दाबी पुग्न नसक्ने ठहर्छ। उल्लेख भएदेखि बाहेकका हकमा आरोप मागदाबी पुग्न नसक्ने ठहर्छ भनी निम्न आधारमा मिति २०८०।०९।२२  को फैसलाबाट आंशिक सफाई दिएको-: 

बिशेष अदालतको फैसलाउपर चित्त नबुझी आयोगबाट देहायका आधारहरु लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०५।२७ गते पुनरावेदन गरिएको:-
देहाय:
क. प्रतिवादी फिरोज आलमले अनुसन्धानको क्रममा बयान गर्दा राजेश्वर प्रसाद चौरसियालाई विभिन्न किसिमका दस्तुरहरुको बहानामा पटक पटक गरी मसंगबाट रु. २¸२०¸०००।- रिसवत लिएको भनी बयान गरेको अवस्थामा प्रतिवादीहरु फिरोज आलमले र राजेश्वर प्रसाद चौरसिया बिच घुस/रिसवत बापत रु. २¸२०¸०००।- लिए/दिएको पुष्टी भएको। अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निज उपर नै हुन्छ  भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भएको अवस्थामा प्रतिवादीहरु फिरोज आलम र राजेश्वर प्रसाद चौरसियाले घुस/रिसवत नलिए/नदिएको कुराको प्रमाण पुर्‍याउने भार निजहरुमा निहित हुनेमा निजहरुले घुस/रिसवत नलिएको/नदिएको कुनै प्रमाण पेश गर्न नसकेको देखिदाँ प्रतिवादीहरु फिरोज आलम र राजेश्वर प्रसाद चौरसियालाई घूस/रिसवत लिए/दिएको तर्फको आरोपपत्र मागदावीमा सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।  
ख. प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले अनुसन्धानको क्रममा अनुसन्धान अधिकारी समक्ष गरेको बयानमा गर्दा कागजातहरू समेत लिइ आउने र आफूलाई सहयोग गरे बापत रकम उपलव्ध गराउने व्यक्ति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढ्वा विर्ता, पर्साका भु.पु. प्रधानाध्यापक हुन् भनी खुलाई दिएको। मुख्य आरोपी राजेश्वर प्रसाद चौरसियाले सनाखत समेत गरिदिइ आफूलाई सहयोग गर्ने व्यक्ति महेश यादव भनी खुलाईदिए अनुसार निज महेश यादवले विभिन्न व्यक्तिहरूलिई गई राजेश्वर प्रसाद चौरसियाबाट नक्कली तथा गलत कागजातहरू उपलव्ध गराउनमा सघाउ पुर्‍याउने कार्य गरी सोही नक्कली तथा गलत कागजातहरूका आधारमा आफू अनुकुलका व्यक्तिहरूले समेत तलव भत्ता भुक्तानी प्राप्त गर्ने गरी निकासा पठाउन तलव भत्ता निकासा सिफारिस गरी गराई निज राजेश्वर प्रसाद चौरसियालाई गैरकानूनी लाभ उपलव्ध गराउने काम गरेको खुल्न आएकोले राष्ट्रसेवक कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरूका आधारमा विभिन्न व्यक्तिहरूलाई शिक्षकको रूपमा तलव भत्तासमेत भुक्तानी दिलाउन गैरकानूनी लाभ प्राप्त गर्न जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिकामा निर्वाह गरेको पुष्टी भै रेहेको अवस्थामा अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निज उपर नै हुन्छ  भनी सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको मुल्याङ्कन नै नगरी विशेष अदालतबाट प्रतिवादी महेश प्रसाद यादवलाई सफाई दिने गरी भएको फैसला त्रुटीपुर्ण रहेको।

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/25
प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18