जिल्ला प्रहरी कार्यालय, रुपन्देही अन्तर्गतमा कार्यरत प्रहरी हवल्दार डुक बहादुर खड्का क्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।२६ गते।
------------------------------------------

जिल्ला प्रहरी कार्यालय, रुपन्देही अन्तर्गतमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्का क्षेत्रीले भारतबाट रुपन्देही जिल्लाको भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज डुक बहादुर खड्का क्षेत्रीलाई सेवाग्राहीबाट रु.१५,०००।–(पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय, रुपन्देही अन्तर्गतमा कार्यरत प्रहरी हवल्दार डुक बहादुर खड्का क्षेत्रीले भारतबाट भगवानपुर नाका हुँदै नेपालमा घरयासी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.१५,०००।- (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टी भएको हुँदा निज डुक बहादुर खड्का क्षेत्रीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१५,०००/- (पन्ध्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

 

Download Download