जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साहसमेत ३ जना रु.४,५०,०००।- घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।२५ गते ।
----------------------------------------------------

जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहसमेतले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग रु.४,५०,०००।- घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निजहरु वडा अध्यक्ष उपेन्द्र सहनी, वडाका सचिव उपेन्द्र साह र अर्को व्यक्ति विजय मण्डललाई सेवाग्राहीसँग रु.४,५०,०००।–(चार लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं.२४, वसहिया स्थित वडा अध्यक्षको कार्यकक्षबाट आज मिति २०८१।०५।२५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
नरहरि घिमिरे

Download Download