यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०४।३१ गते।
------------------------------------------

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीले सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट रु.२०,०००।–(बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा News 24 को समाचार टोलीले खिचिएको श्रव्यदृष्यसमेत रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीले सेवाग्राहीको सवारी चालक अनुमतिपत्रमा वर्ग B थप गर्न दिएको प्रयोगात्मक परीक्षाको Checklist मा निज Pass भएको जनिएको तर Electric Driving License Registration System (EDLRS) को Exam Status मा निज Fail  भएको जनिएकोले उक्त विवरण सच्चाउनको लागि कार्यालयवाट अधिकार प्राप्त गरेको अधिकारी निज बासुदेव रेग्मीले सेवाग्राहीसँग रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत माग गरी उक्त सवारी चालक अनुमति पत्रको विवरण Electric Driving License Registration System (EDLRS) मा सच्चाई विवरण अध्यावधिक गरी घुस/रिसवत लिइएको पुष्टि भएको हुँदा निज बासुदेव रेग्मीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्य कार्य भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १ को उपदफा (१) बमोजिमको कसूरमा विगो रु.२०,०००।– (बीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Download Download