एग्रोमाट नेपाल प्रा.लि. भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको सम्बन्धमा ।
प्रेस विज्ञप्ति:- मिति २०७८।०३।३० गते ।
----------------------------------------------------
एग्रोमाट नेपाल प्रा.लि. भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टले एम.पि. ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल काठमाण्डौमा गई आफुलाई अख्तियारको कर्मचारी (डि.एस.पी) हुँ भनि महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई काम गर्न अनावश्यक दवाव दिएको, विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सि.ई.ओ. एवं माथिल्लो तहका व्यक्तिहरुसँग सम्पर्क छ भनि प्रभावमा पार्दै हिडेको भन्ने समेतको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले निजलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल काठमाण्डौबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको छ ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
Other Press Release
यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय सहायक (पाँचौं) ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिइएको।
2025/06/13 |
नियन्त्रणमा लिइएको।
2025/06/12 |