नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाउपर बिगो रु. ५४,८४,०४५।६० कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२१ गते ।
-------------------------------------------------
 
नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाले बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कार्यहरु गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले नेपाल बैंक लिमिटेडको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा नेपाल बैंक लिमिटेडले प्रयोग गर्ने बैकिङ्ग सिष्टमअन्तर्गत प्रयोग गर्ने गरी निजलाई व्यक्तिगत रुपमा प्रदान गरिएको अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाईसमेत प्रयोग गर्न दिन नमिल्ने व्यक्तिगत टेलर आई.डी. र System Super User बिद्युतीय माध्यमको दुरुपयोग गरी नेपाल बैंक लिमिटेडलाई हानिनोक्सानी पुर्‍याउने उद्देश्यले वदनियत साथ नेपाल बैंक लिमिटेडको काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामा रहेका हिसाब अनधिकृत रुपमा खर्च गरी रु. ५४,८४,०४५।६० (चौवन्न लाख चौरासी हजार पैतालीस रुपैया पैसा साठी) नेपाल सरकारकोसमेत स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडबाट आफ्नो विभिन्न खातामा जम्मा गरी गराई आफूले सो रकम खाइमासी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले निजको उल्लेखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएको हुँदा निज भुपराज कोइरालालाई बिगो रु. ५४,८४,०४५।६० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय हुन तथा हानिनोक्सानी गरी खाइमासेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट असुल उपर गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21