जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बसुन्धारा, काठमाण्डौंमा कार्यरत सव इन्जिनियर दिपेन्द्र कुमार के.सी.उपर बिगो रु.२,००,०००/- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७८।०८।०६ गते ।
-------------------------------------------------
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सव-इन्जिनियर दिपेन्द्र कुमार के.सी.ले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु. २,००,०००।- घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज दिपेन्द्र कुमार के.सी. लाई सेवाग्राहीबाट रु.२,००,०००।– (दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०६।१९ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बसुन्धारा, काठमाण्डौंमा कार्यरत सव-इन्जिनियर दिपेन्द्र कुमार के.सी.ले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी भुक्तानी दिने क्रममा आयोजना निर्माणको लागि सहजीकरण गरेको भनी सेवाग्राहीसँग रु.२,००,०००।– घुस/रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निज दिपेन्द्र कुमार के.सी.लाई बिगो रु.२,००,०००।- (दुई लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिबाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
Download
Tweet