जिल्ला महोत्तरी, गौशाला नगरपालिका ५, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजीशरण साहसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७८।०८।०६ गते ।
-------------------------------------------------

जिल्ला महोत्तरी, गौशाला नगरपालिका ५, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजीशरण साहले घरमा प्रयोग गर्नका लागि बिस्कुट लगायतका घरायसी सामाग्रीहरु नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु. ५,०००।– घुस/रिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज बरिष्ठ हवल्दार राजीशरण साह तथा जिल्ला महोत्तरी गौशाला नगरपालिका बस्ने राम आशिष साहुलाई रु. ५,०००।– (पाँच हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०५।०८ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला महोत्तरी, गौशाला नगरपालिका ५, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजीशरण साहले घरायसी सामानहरु नेपाल-भारत सीमा बजारबाट खरिद गरी ल्याउन सहज गराई दिन्छु भनी सेवाग्राहीसँग रु.५,०००।– माग गरी आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्बक घुस/रिसवत माग गरेको रकम राम आशिष साहुको साथबाट बरामद भई निजहरुले भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा निज राजीशरण साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर गरेको र राम आशिष साहुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर गरेको हुँदा निजहरुउपर बिगो रु.५,०००।–(पाँच हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

 

 

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10