जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका-१३ ताहाचल स्थित बैदेशिक रोजगार कार्यालयमा कार्यरत हल्का सवारी चालक धन बहादुर तामाङ र मध्यस्थकर्ता रामानन्द चौधरी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।२८ गते ।
----------------------------------------------------
जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका-१३ ताहाचल स्थित बैदेशिक रोजगार कार्यालयमा कार्यरत हल्का सवारी चालक (करार) समिर भन्ने धन बहादुर तामाङ र मध्यस्थकर्ता रामानन्द चौधरीले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृती लिन आएका सेवाग्राहीसँग काम छिटो गरीदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज रामानन्द चौधरीलाई सेवाग्राहीबाट रु. ८,०००।–(आठ हजार) घुस/रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा पुन: श्रम स्वीकृति दिलाई दिने सिलसिलामा बैदेशिक रोजगार कार्यलय, ताहाचल, काठमाडौंका हलुका सवारी चालक समिर भन्ने धन बहादुर तामाङ्गले बिचौलिया रामानन्द चौधरीमार्फत सेवाग्राहीबाट घुस/रिसवत माग गरी लिन लगाई उक्त रकम आफूले लिई बैदेशिक रोजगार कार्यालय, ताहाचल, काठमाडौंको अन्तिम श्रम स्वीकृति दिने शाखा रहेको कोठामा लगी फालेको अबस्थामा बरामद भएको र सेवाग्राहीको श्रम स्वीकृति गराई दिएवापत रू.८,०००/- घुस/रिसवत लिएको, मध्यस्थकर्ता रामानन्द चौधरीबाट भोलिपल्ट अर्को व्यक्तिको  श्रम स्वीकृति गराउने भनी अग्रिम रुपमा रू.८,०००/- र अर्को साउदी जाने सेवाग्राहीको श्रम स्वीकृति गराई दिएवापत रू.४,५००/- समेत गरी जम्मा रू.२८,५००/- (अठ्ठाईस हजार पाँच सय) घुस/रिसवत रकम लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज समिर भन्ने धन बहादुर तामाङ्गलाई बिगो रू. २८,५००/- (अठ्ठाईस हजार पाँच सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम जरिबाना र कैद सजाय हुनका साथै मध्यस्थकर्ता रामानन्द चौधरीले समिर भन्ने धन बहादुर तामाङ्गको लागि सेवाग्राहीबाट रू.८,०००/- घुस रकम माग गरी आफूले लिई सो घुस/रिसवतको रकम निज धन बहादुर तामाङ्गलाई दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको र भोलिपल्ट अर्को व्यक्तिकोसमेत श्रम स्वीकृति गराउनु पर्ने भनी रू.८,०००/- रकम अग्रीम रुपमा आफैले घुस/रिसवतस्वरूप धन बहादुर तामाङ्गलाई दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको देखिंदा निज रामानन्द चौधरीउपर बिगो रू.१६,०००/- (सोह्र हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिबाना र कैद सजाय हुन र निज धन बहादुर तामाङ्गको साथबाट बरामद भई आएको रकम रू.२३,४५०/- मध्येबाट रू.२०,५००/- दशीको रूपमा पेश गरी उक्त रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेतको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10