सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद राना रु. ८०,०००।- घुस/रिसवतसहित नियन्त्रणमा


प्रेस विज्ञप्ति:- मिति २०७७।०६।३० गते ।
----------------------------------------------------
सव-डिभिजन वन कार्यालय, तारानगर, कैलालीले ट्रयाक्टरका चालक सहित काठ बरामद गरेको सन्दर्भमा उक्त काठको मुद्दा मिलाइदिन्छु भनि सोही कार्यालयका रेन्जर राम अवतार चौधरीले  सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले निज रेन्जर राम अवतार चौधरीलाई उक्त रकम दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने धनगढी उप-महानगरपालिका वडा नं. ११ अन्तर्गत पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई सेवाग्राहीसँग रु. ८०,०००।–  (असी हजार) घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. १ को पार्क मोड भन्ने स्थानबाट मिति २०७७/०६/२९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
तारानाथ अधिकारी

Download