तत्कालीन जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेल उपर बिगो रु. ३,००,०००।- कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२८ गते ।
-------------------------------------------------

तत्कालीन जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेलले जिल्ला वन कार्यालय, बारा अन्तर्गत वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको विरुवा खरिदमा व्यापक अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय, बारामा कार्यरत सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेलले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम वंगरी नदी प्रणालीतर्फ दुई हजारवटा दुईबर्षे बाँसको कलमी राइजोम उत्पादन वा खरिद तथा रोपण गरी नर्सरी व्याड निर्माणको लागि २०७५ फागुन मसान्तभित्रमा कार्य सम्पन्न गरिसक्ने गरी रु. ३,००,०००।– (तीन लाख) को कार्यादेश अनुसार कुनै पनि काम नगरी नर्सरीमा पहिले नै मौज्दात रहेको बाँसको विरुवालाई उल्लेखित कार्यादेश अनुसार खरिद गरेको भनी नक्कली बिल पेश गरी सोही बिलको आधारमा जाँचपास तथा पेश्की फछर्यौटको लागि कागजात पेश गरेको देखिन आएको हुँदा निजले उक्त कार्यादेशतर्फको रु. ३,००,०००।– बदनियतपूर्ण मनसायले दुरुपयोग गरेको पुष्टि भएकोले निजले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिमको कसुर गरेको हुँदा निज विन्देश्वर प्रसाद पटेललाई बिगो रु. ३,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी ऐ. दफा ८ को उपदफा (१) बमोजिम बिगो असुल उपर गरी पाउनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साह तेली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/08
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) दिपक पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/06
जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/04
जिल्ला बाँके, कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर।
2025/08/03