पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालय, न्यूरोड कास्कीमा सहायकस्तर चौथो पदमा कार्यरत यमुना श्रेष्ठउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२३ गते ।
-------------------------------------------------
पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालय, न्यूरोड कास्कीमा सहायकस्तर चौथो पदमा कार्यरत कर्मचारी यमुना श्रेष्ठसमेतको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री भद्रकाली माध्यमिक विद्यालय कुँडहर पोखराबाट कक्षा-१० उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी पोखरा महानगरपालिकामा कार्यरत रही लाभ लिएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज यमुना श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download
Tweet