पोखरा महानगरपालिकामा कार्यरत तत्कालीन नगर प्रहरी सहायक निरीक्षक (सहायकस्तर चौथो) लोक बहादुर कामीउपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२३ गते ।
-------------------------------------------------

पोखरा महानगरपालिकामा कार्यरत नगर प्रहरी लोक बहादुर बि.क. ले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई स्थायी नियुक्ति लिएको तथा पदोन्नती भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले श्री ५ इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, कास्कीबाट कक्षा-१० टेष्ट परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी सेवामा प्रवेश गरी बढुवासमेत भएको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर देखिएको हुँदा निज तत्कालीन नगर प्रहरी सहायक निरीक्षक (सहायकस्तर चौथो) लोक बहादुर कामीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10