जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुली रू. ३०,०००।– रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०६ गते । 
-------------------------------------------- 
जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुलीले अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाईदिने प्रयोजनकालागि विभिन्‍न बहानामा घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवम् कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज लोकनाथ पराजुलीलाई सेवाग्राहीसँग रु. ३०,०००।–(तीस हजार) घुस/रिसवत बापतको रकम लिईसकेको अवस्थामा उक्त रकमसहित पोखराको पर्स्याङ्ग चोक नजिकबाट मिति २०७६/१२/०५ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download