महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी सहायक निरीक्षक बाबुलाल लामासमेत ५ जनाउपर बिगो रु.२,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१२।०४ गते ।
-------------------------------------------------
चोरी कसुरसम्बन्धी अनुसन्धानको क्रममा हिरासतमा रहेका रुवेश महरालाई छुटाई दिन निजका आफन्तहरुले घुस रकम दिन खोजेको भनी प्रहरी सहायक निरीक्षक बाबुलाल लामाले तत्काल कार्यालयमा जानकारी गराएको हुँदा महानगरीय प्रहरी वृत्त जनसेवा, काठमाडौंबाट खटिई गएको टोलीले का.जि.का.म.न.पा. वडा नं. २३ बसन्तपुर स्थित कुमारी मन्दिर परिसरमा सुरेन्द्र मण्डल, गगनदेव महरा र अशोक दास समेतलाई रु.८०,०००।- (असी हजार) नगद घुस सहित पक्राउ गरी आवश्यक कारबाहीको लागि यस आयोगमा पठाईएकोमा अनुसन्धान हुँदा चोरी मुद्दाको अनुसन्धानको क्रममा हिरासतमा रहेका रुवेश महरालाई छुटाउने प्रयोजनको लागि अशोक दास, गगनदेव महरा र सुरेन्द्र मण्डलले महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी सहायक निरीक्षक बाबुलाल लामासमेतका लागि रविन्द्र प्रजा मार्फत् रु.२,००,०००।-(दुई लाख) घुस/रिसवत दिएको र सोही प्रयोजनको लागि रविन्द्र प्रजाले प्रहरी सहायक निरीक्षक बाबुलाल लामाको निर्देशनमा आफ्नो र निज प्रहरी सहायक निरीक्षक बाबुलाल लामाको लागि रु.२,००,०००।-(दुई लाख) घुस/रिसवत लिएको साथै राष्ट्रसेवक प्रहरी सहायक निरीक्षक बाबुलाल लामाले हिरासतमा रहेका रुवेश महरालाई छुटाउन घुस/रिसवत लिन मन्जुर गरेको तथ्य पुष्टि हुन आई राष्ट्रसेवक कर्मचारी निज बाबुलाल लामाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजलाई बिगो रु.२,००,०००।-(दुई लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन,

साथै  बिचौलिया रविन्द्र प्रजाले निज बाबुलाल लामाको निर्देशन बमोजिम निज राष्ट्रसेवकलाई घुस/रिसवत दिन र आफुले समेत लिन अशोक दासबाट घुस रकम बुझिलिई निज रविन्द्र प्रजाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको हुँदा निज रविन्द्र प्रजालाई बिगो रु.२,००,०००।-(दुई लाख) रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को खण्ड (घ) अनुसार सजाय हुन, 

त्यस्तै अशोक दास, गगनदेव महरा र सुरेन्द्र मण्डलले थुनामा रहेको व्यक्ति छुटाउने प्रयोजनको लागि राष्ट्रसेवक कर्मचारी समेतलाई रविन्द्र प्रजा मार्फत घुस/रिसवत दिएको पुष्टि हुन आई निज अशोक दास, गगनदेव महरा र सुरेन्द्र मण्डलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको हुँदा निजहरु अशोक दास, गगनदेव महरा र सुरेन्द्र मण्डललाई जनही बिगो रु.२,००,०००।-(दुई लाख) रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायँ हुन र घुस/रिसवतको बिगो रु.२,००,०००।-(दुई लाख) रुपैयाँ मध्ये बरामद भएको रु.८०,०००।-(असी हजार) रुपैयाँ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत गरी नपुग बिगो रु.१,२०,०००।-(एक लाख बीस हजार) रुपैयाँ यी आरोपीहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुल उपर गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14