नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्र बुद्धनगर सिन्धुलीका केन्द्र प्रमुख इन्जिनियर शेर बहादुर सुनार उपर बिगो रु. ७५,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२३ गते ।
-------------------------------------------------

नेपाल विद्युत प्रधिकरण,  विद्युत बितरण केन्द्र, सिन्धुलीमा कार्यरत सहायक प्रबन्धक (केन्द्र प्रमुख) इन्जिनियर (८औं तह) शेर बहादुर सुनारले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीद्वारा निज इन्जिनियर शेर बहादुर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खडकालाई लिन पठाएकोमा निजले सेवाग्राहीबाट रू.७५,०००/-(पचहत्तर हजार) घुस/रिसवत रकम लिई भागि गएकोमा पिछा गर्दै जाँदा कमलामाई नगरपालिका, वडा नं. ७, गैरी चोक हुदैं पानी ट्याङ्की जाने बाटोबाट रंगेहात नियन्त्रणमा लिइएको र इन्जिनियर शेर बहादुर सुनारलाई  निजकै कार्यालयबाट नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्र बुद्धनगर सिन्धुलीका केन्द्र प्रमुख इन्जिनियर शेर बहादुर सुनारले आफ्नो जिम्मेवारी र पदीय दायित्वविपरीत सेवाग्राहीसँग नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रको कार्यालय सञ्चालन गरिरहेको भवनमा एकतल्ला थप्ने ठेक्का नं. NCB-SDC-2075/076-CVL-12 को निर्माण कार्यको अन्तिम किस्ता भुक्तानी गर्ने प्रयोजनका लागि रु. ७५,०००।– (पचहत्तर हजार) घुस/रिसवत माग गरी सो रकम आफ्नो कार्यालयका दैनिक ज्यालादारी हलुका सवारी चालकलाई लिन लगाई बरामद भएको पुष्टि हुन आएकोले निज शेर बहादुर सुनारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध गरेको देखिंदा बिगो रु. ७५,०००।– कायम गरी निज शेर बहादुर सुनारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/28
जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/27
बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासमेत ४ जना र Dev International Pvt. Ltd. उपर राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/26
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/25
सामाजिक विकास इकाई कार्यालय, राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/22
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/21
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18
ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18