जिल्ला दैलेख नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्र.अ. नगेन्द्र बहादुर सिंहलाई रु. ३०,०००।– घुस/रिसवत लिएकोमा नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१५ गते ।
--------------------------------------------

जिल्ला दैलेख नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्र.अ. नगेन्द्र बहादुर सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले उक्त विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि पटक-पटक शिक्षकसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा सुर्खेतबाट खटिई गएको टोलीले रु. ३०,०००।– (तीस हजार) घुस/रिसवत लिइसकेको अवस्थामा निज नगेन्द्र बहादुर सिंहलाई नौमुले गा.पा. वडा नं. १ स्थित NMB Bank नौमुले शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release