सुर्खेत जिल्ला चौकुने गाउँपालिका वडा नं. १ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष बलबहादुर कठायत उपर बिगो रु. ७९,०००।– कायम गरी आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१४ गते ।
-------------------------------------------------

सुर्खेत जिल्ला साविक लगाम गाउँ विकास समिति वडा नं. ५ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले समुहको रकम हिनामिना गरेको, समूहको निर्णय बिना रकम निकाली बिल भरपाई बनाई हिनामिना गरेको, वन हेरालुलाई तोकिएको भन्दा बढी रकम दिएको फर्जी भरपाई बनाएर पेश गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कोटदरवार सामुदायिक वन समुहका पूर्व अध्यक्ष बलबहादुर कठायतले कामै नगरेका व्यक्तिहरुको फर्जी भरपाई बनाएको र वन हेरालुलाई तोकिएको भन्दा बढी पारिश्रमिक बुझेको भरपाई बनाई रु. ७९,०००।– (उनासी हजार) आर्थिक अनियमितता गरेको पुष्टि हुन आएकोले सुर्खेत जिल्ला चौकुने गाउँपालिका वडा नं. १ स्थित कोटदरवार सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष बलबहादुर कठायतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम बिगो रु. ७९,०००।– कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी दफा १७ बमोजिम हानिनोक्सानी गरी खाए मासेको बिगो रकमसमेत असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21