जिल्ला हुलाक कार्यालय बझाङ्गका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र नायब सुब्बा शिवराज उपाध्याय उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।१२ गते ।
-------------------------------------------------

जिल्ला हुलाक कार्यालय बझाङ्गका कर्मचारीहरुले हुलाक वचत बैंकको रकम हिनामिना र हानिनोक्सानी गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला हुलाक कार्यालय बझाङ्गका निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत रहेका रणबहादुर कडायत र सोही कार्यालयमा खरिदार पदमा कार्यरत रही हाल सुर्मा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बझाङ्गमा नायब सुब्बा पदमा कार्यरत शिवराज उपाध्यायले सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व विपरीत लापरवाही एवं बदनियतपूर्ण रुपमा सार्वजनिक कोषको दुरुपयोग गरी मासेको एवं निजी प्रयोगमा लगाएको तथ्य निर्विवाद रुपमा पुष्टि हुन आएको हुँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले निजहरु रणबहादुर कडायतलाई बिगो रु. २,९४,८९,९७१।६२ (दुई करोड चौरानब्बे लाख उनानब्बे हजार नौ सय एकहत्तर रुपैयाँ बैसट्ठी पैसा) र शिवराज उपाध्यायलाई रु. २,००,२४,८६९।८२ (दुई करोड चौबीस हजार आठ सय उनानसत्तरी रुपैयाँ बयासी पैसा) बिगो कायम गरी दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम जरिवाना र कैद सजाय हुनका साथै रणबहादुर कडायत र शिवराज उपाध्यायले हानिनोक्सानी गरी दुरुपयोग गरेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10