भेरीगंगा नगरपालिका, सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर के.सी.रू.२,००,०००/- रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०९ गते । 
-------------------------------------------- 

भेरीगंगा नगरपालिका, सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर के.सी.ले उक्त नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,  सुर्खेतबाट खटिई गएको टोलीले निज चित्र बहादुर के.सी.लाई घुस बापतको रकम रू.२,००,००/-(दुइ लाख) लिइसकेको अबस्थामा उक्त रकम सहित भेरीगंगा नगरपालिका, वडा नं. १० मदानीचौरस्थित उन्नती टोलबाट मिति २०७६।११।०८ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download