घ्याङलेख गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुलीका इन्जिनियर दिलिप कुमार साह नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।११ गते ।
--------------------------------------------

घ्याङलेख गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुलीका इन्जिनियर दिलिप कुमार साहले सेवाग्राहीसँग घ्याङलेख गाउँपालिकाको बिभिन्न वडामा HT.LT तथा ट्रान्सफर्म जडानको बिद्युतीकरण सम्बन्धी कार्य सम्पन्न गरी भुक्तानी लिने सिलसिलामा रु.२,२६,०००।–(दुई लाख छब्बिस हजार) घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निजलाई कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुली स्थित श्रेष्ठ तन्दुरी एण्ड गेष्ट हाउस अगाडि वि.पी. राजमार्गबाट निजको साथमा रहेको रु. १,६०,०००।–र रु. ७०,०००।–को दुई वटा चेक तथा नगद रु. ३५,०००।– सहित मिति २०७६।१०।१० गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download