जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादव घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०९ गते ।
--------------------------------------------

जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादवले अभद्र व्यवहार मुद्दा पेशीमा राखी टुङ्गाईदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज केशव कुमार यादवलाई सेवाग्राहीसँग रु. ४,०००।– (चार हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालयबाट उक्त रकमसहित रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

 प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download