जिल्ला रुपन्देही स्थित, विष्णुपुरा सशस्त्र प्रहरी बेशक्याम्पमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरीलाई घुस/रिसवत लिएको सम्बन्धमा अनुसन्धानका लागि नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।१० गते ।
-------------------------------------------

जिल्ला रुपन्देही स्थित, विष्णुपुरा सशस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरीले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भनी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवलबाट खटिई गएको टोलीले निज बिरेन्द्रप्रसाद चौधरीलाई घुस/रिसवत रु. ६,०००।– (छ हजार) रकम लिइसकेको अवस्थामा उक्त रकमसहित गैडहवा गा.पा. वडा नं.-३ स्थित, सग्रहवा नजिकबाट र यसै सिलसिलामा थप अनुसन्धानको लागि सोही बेस क्याम्प रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक तेज बहादुर जोरासमेतलाई नियन्त्रणमा लिइएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download
  

Other Press Release