दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौरका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनासमेत १० जना उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०७ गते
------------------------------------------
दुग्ध विकास संस्थानले काठमाण्डौ उपत्यकामा दुग्ध वितरणको लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेश प्रा.लि.लाई ठेक्‍का दिएकोमा ठेकेदार कम्पनीसँग मिलेमतो गरी टेण्डर नगरी पुन: सम्झौता गरी संस्थानलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको भन्‍नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमसिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा.ईश्‍वरी प्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधव प्रसाद ओझा, तत्कालीन बरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकिय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दिपक सुवेदी, दूध डिष्ट्रिब्युटर गोकुल निर्माण सेवाका संचालक गोकुल फुयाल र प्रभु आदित्य बिजनेश प्रा.लि.का संचालकद्वय फणिन्द्र प्रसाद दाहाल, दिप बहादुर खड्का र तत्कालीन सञ्चालक सतिस कुमार गिरी समेतको मिलेमतोमा दुग्ध विकास संस्थानलाई हानि नोक्सानी पुर्‍याउने बदनियतले सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, दुग्ध विकास संस्थान आर्थिक प्रशासन सम्बन्धी विनियमावली, २०६६ को साथै दुग्ध विकास संस्थान खरिद व्वस्थापन शाखा, प्रशासन व्वस्थापन विभाग र आर्थिक व्वस्थापन विभाग समेतको सिफारिस राय विपरित साविक २०६९।१०।२२ गतेको सम्झौतामा उल्लेखित प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी ५% मूल्यवृद्धि गर्ने निर्णय गरी/गराई अस्वाभाविक बढी भुक्तानी दिई निजहरूले आफूहरूलाई फाइदा र दुग्ध विकास संस्थानलाई हानिनोक्सानी पुर्‍याएको पुष्टि हुन आएको हुँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  ।

 देहाए:- 

 

सि.न  नामथर पद  कार्यालय  विगो  कसुर तथा सजाय मागदावी
गंगा तिमसिना     तत्कालीन महाप्रबन्धक दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय, लैनचौर रु.४६,७९,१८२।३५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र हिनामिना गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुनको साथै दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदावी लिइएको ।
डा.ईश्‍वरी प्रसाद अधिकारी तत्कालीन निमित्त उपमहाप्रबन्धक ,, रू.४६,७९,१८२।३५  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र हिनामिना गरेको बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।
राज गोबिन्द राजकर्णिकार  तत्कालीन आयोजना प्रमुख  काठमाण्डौ दुग्ध वितरण आयोजना, बालाजु  रू.४६,७९,१८२।३५  ,,
माधव प्रसाद ओझा  तत्कालीन सहायक प्रबन्धक ,, रू.४६,७९,१८२।३५  ,,
राजनजंग थापा  तत्कालीन बरिष्ठ लेखा अधिकृत ,, रू.४६,७९,१८२।३५ ,,
दिपक सुवेदी   तत्कालीन प्रशासकीय अधिकृत हाल  प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख  तत्कालीन काठमाण्डौ दुग्ध वितरण आयोजना, बालाजु  हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौर  रू.४६,७९,१८२।३५  ,,
गोकुल फुयाल  संचालक श्री गोकुल निर्माण सेवा, गोलढुंगा-६, काठमाण्डौ  रु.२२,१९,६६८।०२ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा  ८ को उपदफा (४) बमोजिम बिगो असुलउपर गरी जफत हुन मागदावी लिइएको।
दिप बहादुर खड्का   ,, ,, साविक प्रभु आदित्य बिजनेश प्रा.लि. हालको प्रभु आदित्य बिजनेश एण्ड कन्ट्रक्सन प्रा.लि. काठमाडौं रु.२४,५९,५१४।३३ ,,
फणिन्द्र प्रसाद दाहाल  ,, ,, रु.२४,५९,५१४।३३ ,,
१० सतिस कुमार गिरी   तत्कालीन संचालक ,, रु.२४,५९,५१४।३३ ,,
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

श्री जनज्योति माध्यमिक विद्यालय, दाङका तत्कालीन लेखापाल चुडामणी पोख्रेल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदिश चौधरी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/29
नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/28
जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/27
बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासमेत ४ जना र Dev International Pvt. Ltd. उपर राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/26
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/25
सामाजिक विकास इकाई कार्यालय, राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/22
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/21
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18