श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पिडारीगुठी पर्साका शिक्षक दुलारचन प्रसाद कुर्मीसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०६।०६ गते
----------------------------------------
 
जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, जगरनाथपुर शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वर प्रसाद चौरसियाले राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जगरनथापुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जगरनाथपुरका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले विभिन्न व्यक्तिहरूवाट गैर कानूनी आर्थिक लाभ लिएर  निजलाई नक्कली तथा गलत नियुक्तिपत्र  दिई त्यस्ता नक्कली कागजातहरूका आधारमा गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूमा कामकाजमा लगाई गाउँकार्यपालिकाबाट निजहरूले समेत तलव भत्ता प्राप्त गर्ने गरी निकासा गरी गराई भुक्तानी दिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने काम गरेको पाइएकोले श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय  पिडारीगुठी पर्साका शिक्षक दुलारचन प्रसाद कुर्मीले  कुनै पनि परीक्षाहरू नदिई दस्तुरको बहानामा रु.३¸००¸०००।- शिक्षा अधिकृत (वि.नि.) राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिएर निजबाट गलत तथा नक्कली कागजातहरु प्राप्त गरी सोही गलत तथा नक्कली पत्रहरुले श्री ने.रा.प्रा.वि. पिडारीगुठी पर्सामा राहत शिक्षकको पदमा कार्यरत रही रु.२¸१९¸०३०।- तलव भत्ता भुक्तानी लिई खाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज दुलारचन प्रसाद कुर्मीउपर घुस रिसवतवापत दिएको रकम रु.३¸००¸०००।- र नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याएको रकम रु.२¸१९¸०३०।- समेत गरी विगो रु.५¸१९¸०३०।- (पाँच लाख उन्नाइस हजार तीस) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र  दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय गरी घुस रिसवत दिएको रकम विगो ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी गरेको विगो ऐ. दफा १७ बमोजिम असूलउपर हुन मागदावी लिईएको ।
जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले दुलारचन प्रसाद कुर्मीसँग विभिन्न दस्तुरहरुको बहानामा रु.३,००,०००।  गैरकानूनी लाभ घुस रिसवतवापत रकम लिएर नक्कली तथा गलत कागजातहरु उपलब्ध गराई शिक्षकको रुपमा कामकाजमा लगाई रु.२¸१९¸०३०।- भुक्तानी दिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुरसमेत गरेको देखिँदा निज राजेश्वर प्रसाद चौरसियाउपर गैरकानूनी लाभ घुस रिसवत लिएको रकम रु.३¸००¸०००।- र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको रकम रु.२¸१९¸०३०।- समेत गरी विगो रु.५¸१९¸०३०।- (पाँच लाख उन्नाइस हजार तीस) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम ऐ. ऐनको दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानिनोक्सानी पुगेको विगो ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावि लिइएको ।
 
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा विर्ता पर्साका भूतपूर्व प्रधानाध्यापक महेश प्रसाद यादवले राष्ट्रसेवक कर्मचारीसंगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरुका आधारमा विभिन्न व्यक्तिहरुलाई शिक्षकको रुपमा तलव भत्तासमेत भुक्तानी दिलाउन एवं गैरकानूनी लाभ प्राप्त गर्न जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाको निजले सहयोगी मतियारको भूमिका निर्वाह गरेको देखिई निज प्रतिवादी महेश प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी महेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम रु. २¸१९¸०३०।- (दुई लाख उन्नाइस हजार तीस)  विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14