मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।३० गते ।
------------------------------------------ 
मालपोत कार्यालयहरू ललितपुर, कलंकी, भक्तपुरसमेतमा सेवाग्राही तथा सेवाप्रदायकबीचमा रिसवत लेनदेन हुने गरेको भन्ने समेत ब्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलले निज तथा अन्य कर्मचारीहरूलाई काम गराएवापत रकम दिनुपर्ने र रकम नदिए काममा ढिलासुस्ती गरी सेवाग्राहीसँग विभिन्न बहानामा घुस रिसवत माग्ने गरेकोमा सेवाग्राहीहरू बाध्य भई सोही काम लेखापढी व्यवसायीमार्फत गर्ने गराउने गरेको खुल्न आएकोले निज नायव सुव्बा ईश्वरी प्रसाद पोख्रेलले लेखापढी व्यवसायी बिश्वम्भर मैनाली र ईन्द्रावती खत्रीसँग रू.२,०००।– (दुई हजार) रिसवत लिएको तथा बिश्वम्भर मैनाली र ईन्द्रावती खत्रीले मिलेमतोमा निज नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेललाई घुस रिसवत दिएको देखिएको हुँदा निज नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको स्पष्ट देखिएको हुँदा निजलाई विगो रू रू.२,०००।–(दुई हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन साथै सोही दफा ३ को उपदफा (१) वमोजिम विगो असुल हुन मागदावी लिईएको । 
 
साथै निज बिश्वम्भर मैनाली र ईन्द्रावती खत्रीले मिलेमतोमा कुनै काम गराउन नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेललाई घुस रिसवत दिएको देखिएको हुँदा निजहरूले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) बमोजिम कसुर गरेको स्पष्ट देखिएको हुँदा निजहरूलाई जनही विगो रू.२,०००।–(दुई हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10