श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ कुशुम्हा, नवलपरासीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।१८ गते
---------------------------------------
नवलपरासी जिल्ला अन्तर्गत पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय कुशुम्हाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायले शिक्षकको सरुवा सहमति तथा रमाना गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरू अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्यायले सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रू.६५,०००।– (अक्षरुपी पैसट्ठी हजार) लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो ।
 
अनुसन्धानको क्रममा सिद्धार्थ मा.वि.कुशुम्हाका प्रधानाध्यापक लेखनाथ उपाध्याय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले एक आपसमा मिलेमतो गरी सेवाग्राहीको नियमानुसार सरूवा भइसकेपछि पनि रमानापत्र उपलब्ध नगराई सरूवा सहमति र रमानापत्रको लागि भनी बार्गेनिङ गरी आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस/रिसवत दिन बाध्य पारी सोवापत रू.६५,०००।– (अक्षरुपी पैसठ्ठी हजार) लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा निजहरूलाई विगो रू.६५,०००।– (अक्षरुपी पैसठ्ठी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10