डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख (उप-सचिव प्राविधिक) भक्त बहादुर लामा उपर आरोप-पत्र दायर गरिएको ।
प्रेस विज्ञप्ति:-मिति २०७६।०४।२३ गते ।
---------------------------------------------
डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख (उप-सचिव प्राविधिक) भक्त बहादुर लामा उपर आरोप-पत्र दायर गरिएको ।
--------------------------
डिभिजन वन कार्यालय, कर्णाली प्रदेश, सुर्खेतका कार्यालय प्रमुख (उप-सचिव प्राविधिक) भक्त बहादुर लामा विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।निज लामालाई काठ दाउराको छुट पूर्जी म्याद थप गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत मागेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय, सुर्खेतले रू. ४ लाख सहित पक्राउ गरेको थियो ।सोही कोठाभित्रको स्टिलको दराज भित्र रू.पाँच लाख पचास हजार थप नगद समेत फेला पारेको थियो ।
अनुसन्धानको क्रममा भेटिएका आधार प्रमाण र कारणहरूबाट आरोपित डिभिजन वन अधिकृत भक्त बहादुर लामाले सुर्खेतदेखि बाँके जिल्लासम्म काठ लैजानको लागि लिएको छोडपूर्जीको म्याद थप गरिदिने प्रयोजनको लागि रू.४ लाख घुस/रिसवत लिएको पुष्टि हुन आएको छ ।आरोपित लामाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज लामालाई बिगो रू.४ लाख मात्र कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिइ विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
साथै आरोपित भक्त बहादुर लामाको निवास कोठाबाट बरामद भएको अतिरिक्त रकम रू.५ लाख पचास हजारको हकमा सम्पत्तिसम्बन्धी छुट्टै अनुसन्धान गर्न आयोगले निर्णय गरेको छ ।
प्रदीपकुमार कोइराला
प्रवक्ता
Download
Tweet