जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सि.डि.ई. मोहन बाबु यादव उपर आरोप-पत्र दायर गरिएको।
विषय: आरोप-पत्र दायर गरिएको ।
----------------------------------------------------
जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सि.डि.ई. मोहन बाबु यादवले षडानन्द नगरपालिका वार्ड नं. १३ बोयामा रहेको छाँगे खोला सिंचाइ कार्यक्रमको रनिङ विल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सि.डि.ई. मोहन बाबु यादवलाई सेवाग्राहीसँग रू. १,८०,०००।–(अक्षरुपी एक लाख असी हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज डिभिजन प्रमुख सि.डि.ई. मोहन बाबु यादवले छाँगे खोला सिंचाई योजना जल उपभोक्ता समितिको नियमानुसार भएको काममा समेत प्रतिशतमा रकमको वार्गेनिङ्ग गरी आफ्नो जिम्मेवारी, ओहोदा र पदीय दायित्व समेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस रिसवत दिन बाध्य पारी सो बापत रू.१,८०,०००।-(एक लाख असी हजार) घुस/रिसवत लिइ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध गरेको देखिंदा निज सि.डि.ई. मोहन बाबु यादवलाई विगो रू. १,८०,०००।– (अक्षरुपी एक लाख असी हजार ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
DownloadTweet