जनकपुर उपमहानगरपालिकाको कार्यालय जनकपुरधामका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) अर्जुन प्रसाद सुवेदीसमेत ६ जना उपर आरोप-पत्र दायर गरिएको ।


विषय: आरोप-पत्र दायर गरिएको ।
-----------------------------------------------

जनकपुर उपमहानगरपालिकाले नगर कार्यपालिकाको कार्यालय जनकपुरधाम धनुषाले आ.व.२०७४/२०७५ मा विद्युतीय सामग्रीहरू खरिद गर्दा अनियमितता गरेको भन्‍ने समेत व्यहोराको उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा जनकपुर उपमहानगरपालिकाले आ.व.२०७४/२०७५ सालमा विद्युतीय सामग्रीहरू खरिद गर्दा जनकपुर उपमहानगरपालिकाको कार्यालय जनकपुरधामका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) अर्जुन प्रसाद सुवेदीसमेतले सत्या इन्टरप्राइजेजका प्रो.मनिष कुमार मिश्रसँग एकआपसमा मिलेमतो गरी अनुचित प्रभावमा परी लिनेखाने दूषित मनसायले अभिप्रेरित भई खरिदसम्बन्धी कोटेसन माग गरी सत्या इन्टरप्राइजेज समेतका तीनवटा फर्मको नाममा मिलेमतो गरी एउटै व्यक्तिको हस्तलिपीबाट दररेट पेश गर्न लगाई, सत्या ईन्टरप्रेईजेजको दररेट स्वीकृत गरी प्रतिस्पर्धालाई सीमित हुने गरी टुक्रा टुक्रा पारी ,सत्या इन्टरप्राइजेजसँग एक आर्थिक वर्षमा पटक-पटक सीमाभन्दा बढी मूल्यमा स्वीकृत दररेटभन्दा बढी प्रकारका विद्युतीय सामग्रीहरू खरिद गरी, धनुषा जिल्लाले निर्धारण गरेको दररेटभन्दा बढी मूल्यमा खरिद गरेका सामग्रीहरूको कागजातहरूको आधारमा भुक्तानी दिई आफूहरूले गैरकानूनी लाभ लिई नेपाल सरकारलाई रू.११,३५,४११।५७ (एघार लाख पैतीस हजार चार सय एघार रूपैयाँ सन्ताउन्‍न पैसा) बराबरको रकम हानिनोक्सानी पुर्‍याई निज प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) अर्जुन प्रसाद सुवेदी, उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी र नायव सुव्बा अव्दुल जव्वारले भ्रष्‍टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) तथा ऐ.ऐनको दफा ८ को उपदफा (३) बमोजिमको कसुर अपराध गरेको पुष्‍टि भएको हुँदा निजहरूलाई जनही विगो रू. ११,३५,४११।५७ (एघार लाख पैतिस हजार चार सय एघार रूपैयाँ सन्ताउन्‍न पैसा) कायम गरी भ्रष्‍टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) तथा सोही ऐनको दफा ८ को उपदफा (३) बमोजिम सजाय गरी बिगोसमेत असुलउपर हुन मागदाबी लिइएको ।
साथै सत्या इन्टरप्राइजेज पिपरा-७ महोत्तरीका प्रो.मनिष कुमार मिश्रले जनकपुर उपमहानगरपालिकाका प्रमूख प्रशासकिय अधिकृत अर्जुन प्रकाश सुवेदी समेतलाई अनुचित प्रभावमा पारी आपसी योजना, सहमति र संलग्नतामा बदनियतपूर्ण तवरले आफू निकटका फर्महरूको नाममा समेत एकै व्यक्तिबाट दररेट लेखाई अन्य फर्मको भन्दा आफ्नो फर्मको तर्फबाट पेश गरेको दररेटको घटी अंक देखाई धनुषा जिल्लाले निर्धारण गरेको दररेटभन्दा बढी मूल्यमा सामग्रीहरूको दररेट स्वीकृत गर्न लगाई प्रचलित कानूनद्वारा निर्धारण गरेको खरिद प्रकृया उल्लङ्घन गरी जनकपुर उप-महानगरपालिकाको विद्युतीय सामग्री खरिद प्रकृयामा आफूलाई गैरकानूनी लाभ पुर्‍याउने र नेपाल सरकारलाई रू.११,३५,४११।५७ (एघार लाख पैतीस हजार चार सय एघार रूपैयाँ सन्ताउन्‍न पैसा) हानिनोक्सानि पुर्‍याई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर अपराध गरेको सप्रमाण पुष्‍टि भएको हुँदा निज मनिष कुमार मिश्रलाई विगो रू.११,३५,४११।५७ (एघार लाख पैतीस हजार चार सय एघार रूपैयाँ सन्ताउन्‍न पैसा) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Download
  

Other Press Release

जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21