राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता घुस रकम सहित नियन्त्रणमा ।


विषय: घुस रकम सहित नियन्त्रणमा । 
----------------------------------------------------

राष्‍ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्‍चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत (सातौं तह) राम अवतार गुप्‍ताले सेवाग्राहीसँग जनचेतनामुलक सामग्रीहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिई कार्य सम्पन्‍न गरी भुक्तानी गरे पश्‍चात कमिशन बापत घुस रिसवत माग गरीरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले निज जनस्वास्थ्य अधिकृत राम अवतार गुप्‍तालाई सेवाग्राहीसँग रू.१,००,०००।–(अक्षरुपी एक लाख) घुस वापतको रकम लिइसकेको अवस्थामा का.जि.का.म.न.पा वडा नं-११ बबरमहल स्थित बन विभागको परिसरबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Download