मालपोत कार्यालय, सिरहाका नायव सुब्बा मिथिलेश्वर ठाकुर र लेखापढि व्यवसायी राजबंशी चौधरी घुस रकम सहित नियन्त्रणमा


विषय: घुस रकम सहित नियन्त्रणमा । 
----------------------------------------------------

मालपोत कार्यालय, सिरहाका नायव सुब्बा मिथिलेश्‍वर ठाकुर र लेखापढी व्यवसायी राजबंशी चौधरीले जग्गाको मोही लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज नायव सुब्बा मिथिलेश्‍वर ठाकुर र लेखापढी व्यवसायी राजबंशी चौधरीलाई सेवाग्राहीसँग रू. ५,०००।–(पाँच हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा निज मिथिलेश्‍वर ठाकुरको कार्यकक्षबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Download
  

Other Press Release