जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य समेत ४ जना घुस रकम सहित नियन्त्रणमा ।


विषय: घुस रकम सहित नियन्त्रणमा । 
-----------------------------------------------------

जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्माले कार्यालयबाट संचालीत विभिन्‍न कार्यक्रम वापतको पेश्की फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निजहरू कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, जिन्सी शाखा प्रमुख (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसीलाई सेवाग्राहीसँग रू.१,३०,०००।– (एक लाख तीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा निजहरूको कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Download